मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी सञ्चालनमा रोक

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन रोकिएको छ । अर्को सूचना नआउँदासम्मका लागि उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको हो ।

निरन्तर वर्षा भइरहेको र पहिरोको उच्च जोखिम भएकाले सुरक्षाको दृष्टिकोणले अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि विपद् व्यवस्थापन समितिको आपतकालीन वैठक बसेर उक्त सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ ।

“जिल्ला प्रशासन कार्यालय चितवनद्वारा उक्त क्षेत्रमा कुनै पनि प्रकारको सवारीसाधन संचालनमा रोक लगाइएको जानकारी गराइन्छ,” सूचनामा भनिएको छ, “अहिले यस सडकखण्डको जलवीरेनजिकै पहिरो झरेको छ, पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन परिचालन भइसकेको छ ।”

यस सडकखण्ड हुँदै यात्रा गर्नेहरूलाई सडकको अवस्था बुझेर सुरक्षाकर्मीको निर्देशनमा सुरक्षित यात्रा गर्न आग्रह भनिएको छ । अविरल वर्षासँगै मुग्लिन–नारायणगढ सडक खण्डको विभिन्न स्थानमा हिजो साँझदेखि पहिरोलगायत माथिबाट लेदो खसेका कारण सडक अवरुद्ध बनेको थियो ।

सडक अवरुद्ध हुँदा उक्त सडकखण्डको बीचमा अलपत्र परेका यात्रुलगायत सवारीसाधनहरूलाई हिजो बेलुका अबेरसम्म पहिरो हटाई गन्तव्यस्थानतर्फ पठाइएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...