सुरक्षा चेतावनीलाई चुनौती दिँदै बाढीग्रस्त क्षेत्रमा राहत बोकेर पुगे बीवाईडीका गाडी
काठमाडौं–चीनको गुआङ्सी क्षेत्रमा टाइफुन मेसाकका कारण आएको विनाशकारी...
काठमाडौं–बीवाईडीको लोकप्रिय ह्याचब्याक कार एट्टो१(सिगल) ठूलो साइजमा आउने भएको छ । चिनियाँ सरकारको पछिल्लो नियामक घोषणा सूचीमा नयाँ एट्टो१ को विवरण आधिकारिक रूपमा सार्वजनिक भएको छ ।
उद्योग तथा सूचना प्रविधि मन्त्रालयले १० जुलाई २०२६ मा यस प्रमाणित सवारी साधनको स्पेसिफिकेसन प्रकाशित गरेको हो । यो व्यापक जेनेरेसनल अपडेटले लोकप्रिय सहरी इलेक्ट्रिक प्लेटफर्ममा संरचनागत रूपमा ठूला परिवर्तनहरू ल्याउने देखिएको छ ।
नयाँ एट्टो१ को लम्बाइ ४२०५ मिमी, चौडाइ १८१० मिमी र उचाइ १५७० मिमी रहेको छ । यसको ह्विलबेस २६५० मिमी छ, जुन अघिल्लो मोडलको तुलनामा १५० मिमी बढी हो । यो ठूलो संरचनात्मक डिजाइनले गाडीको लम्बाइलाई ४२५ मिमीले बढाएको छ र यसलाई कम्पनीकै ठूलो मोडल डल्फिनको आकार नजिक पु¥याएको छ ।
नयाँ एट्टो१ मा ‘परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर’ को प्रयोग गरिएको छ । सो मोटरले ९५ किलोवाट (१२७ हर्सपावर) को अधिकतम शक्ति प्रदान गर्ने उल्लेख गरिएको छ । यो ९५ किलोवाटको आउटपुट अघिल्लो मोडलमा प्रयोग गरिएको ५५ किलोवाट (७५ हर्सपावर) को मोटरको तुलनामा ४० किलोवाटले बढि हो । कारमा जडान गरिने ब्याट्री प्याकबारे भने कम्पनी मौन देखिएको छ ।
घरेलु बजारमा सिगल नामबाट बिक्री हुने यस कारलाई बीवईडीले अन्तराष्ट्रिय बजारमा भने एट्टोे१, डल्फिन मिनी र डल्फिन सर्फ जस्ता नाममा निर्यात गर्ने योजना बनाएको छ ।
बजार विश्लेषकहरूका अनुसार यो गाडीको आकार र पावर बढाउनु बीवाईडीको एक रणनीतिक कदम हो । यस सेग्मेन्टमा जिली ईएक्स२ ले बलियो पकड बनाउँदै एकै महिनामा ३३ हजार ३५९ युनिट डेलिभरी गरेपछि सिगलमाथी ठूलौ दबाव परेको थियो ।
जवकी सोहि महिनामा सिगलको बिक्री ९ हजार ८२५ युनिटमा सीमित भएको थियो । यही तीव्र बजार प्रतिस्पर्धामा आफ्नो हिस्सा पुनः बलियो बनाउन बीव।ईडीले सिगललाई बढी प्रिमियम र शक्तिशाली बनाएर बजारमा उतारेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...