निसानको नयाँ मिड साइज एसयूभी टेक्टन यही साता लन्च हुँदै
निसानले चाँडै नै आफ्नो नयाँ मिड साइज एसयूभी निसान टेक्टन लन्च गर्ने तयारी...
काठमाडौं – भारतमा भोलि निसानको मिड साइज एसयूभी ‘टेक्टन’ लन्च हुँदैछ । निसान टेक्टनलाई आधुनिक र प्रिमियम लुकका साथमा लन्च गरिनेछ । यसको एक्सटेरियर डिजाइनमा कनेक्टेड एलईडी डे टाइम रनिङ लाइट, एलईडी हेडलाइट र टेललाइट, १८ इन्चका अलोय ह्विल, रूफ रेल, शार्क फिन एन्टेना, रियर वाइपर तथा स्पोइलर जस्ता आकर्षक फिचर समावेश हुने सम्भावना छ।
नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो एसयूभी आगामी साउन २६ देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको जनाएको छ । सम्भवतः सो एसयूभी नेपाली उपभोक्ताले पनि अवलोकन गर्न पाउने सम्भावना देखिएको छ ।
निसान टेक्टनलाई आधुनिक र प्रिमियम लुकका साथमा लन्च गरिनेछ । यसको एक्सटेरियर डिजाइनमा कनेक्टेड एलईडी डे टाइम रनिङ लाइट, एलईडी हेडलाइट र टेललाइट, १८ इन्चका अलोय ह्विल, रूफ रेल, शार्क फिन एन्टेना, रियर वाइपर तथा स्पोइलर जस्ता आकर्षक फिचर समावेश हुने सम्भावना छ।
यसको इन्टेरियरमा १०.१ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र वायलेस मोबाइल चार्जिङ सुविधा उपलब्ध हुनेछ । यात्रुलाई थप आरामदायी अनुभव दिन प्यानोरामिक सनरुफ र भेन्टिलेटेड सिट पनि समावेश गरिने सम्भावना रहेको छ । सेफ्टीका लागि यसमा ३६० डिग्री क्यामेरा र लेभल–२ एडास जस्ता आधुनिक सेफ्टी प्रविधि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
यद्यपि कम्पनीले इन्जिनको बारेमा आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। तर सो एसयूभी १.३ लिटरको स्ट्रङ हाइब्रिड इन्जिन र १.८ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पसहित आउने अनुमान गरिएको छ। सो दुवै इन्जिनसँग म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुन सक्ने बताइएको छ।
यसको प्रारम्भिक मूल्य करिब १० लाख २० हजार भारु हुने अनुमान गरिएको छ । भारतीय बजारमा निसान टेक्टनले हुन्डाई क्रेटा, किया सेल्टोस, होन्डा एलिभेट, महिन्द्रा स्कर्पियो, टाटा ह्यारियर र टाटा सिएरा जस्ता लोकप्रिय मिड साइज एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।
नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रदर्शन हुने विभिन्न नयाँ र आकर्षक सवारी साधन मध्ये निसान टेक्टन पनि हुनेछ।
निसानले चाँडै नै आफ्नो नयाँ मिड साइज एसयूभी निसान टेक्टन लन्च गर्ने तयारी...
काठमाडौं – नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले...
जापनिज अटो निर्माता निसानले आफ्नो इभीमा एलफपी ब्याट्री प्रयोग गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...