भारत विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजार, चीन र पाकिस्तानभन्दा धेरै अगाडि
भारत जनसंख्या मात्र होइन, दुई पाङ्ग्रे सवारी साधनको प्रयोग र बजारको आकारका...
कावासाकीले सन् २०२७ का लागि आफ्नो लोकप्रिय अफरोड मोटरसाइकल केएलएक्स २३० को अपडेट भर्सन पेश गरेको छ। यससँगै कम्पनीको अफरोड रेन्जमा अब केएलएक्स २३०, केएलएक्स २३० एस र केएलएक्स २३०आरएस गरी तीनवटा मोडल उपलब्ध भएका छन्।
नयाँ केएलएक्स २३० एस विशेष रूपमा अग्लो मोटरसाइकल चलाउन असहज हुने राइडरलाई ध्यानमा राखेर तयार गरिएको हो। यसमा स्ट्यान्डर्ड केएलएक्स २३० मा प्रयोग गरिएको इन्जिन नै राखिएको छ । यसको सिटको उचाइ ८८० एमएमबाट घटाएर ८३० एमएम बनाइएको छ। साथै ग्राउन्ड क्लियरेन्स पनि २५५ एमएमबाट घटाएर २२० एमएम राखिएको छ।
केएलएक्स २३० रेन्जका तीनवटै मोडलमा २३३ सीसी क्षमताको सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल–इन्जेक्टेड इन्जिन जडान गरिएको छ। सो इन्जिनले १९ हर्सपावर र १९ एनएमको टर्क उत्पादन गर्छ। यसको इन्जिन ६ स्पिड गियरबक्स जोडिएको छ ।
केएलएक्स २३०आरएस भने अफरोड र रेसिङका लागि मात्र तयार गरिएको मोडल हो। यसमा हेडलाइट, इन्डिकेटर र रोड इक्विपमेन्ट उपलब्ध गराएको छैन । सो मोडलमा ९०० एमएमको सिट उचाइ र २७० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
साथै कम्पनीले यी मोटरसाइकलको मूल्य पनि परिमार्जन गरेको छ। केएलएक्स २३०आर एसको मूल्य १० हजार भारु बढाएर १ लाख ८९ हजार भारु निर्धारण गरिएको छ, जसको डेलिभरी अगस्ट २०२६ देखि सुरु हुनेछ। स्ट्यान्डर्ड केएलएक्स २३० को मूल्य २ लाख १९ हजार भारु कायम गरिएको छ। नयाँ केएलएक्स २३० एसको मूल्य पनि २ लाख १९ हजार भारु तोकिएको छ। यी दुवै मोडलको डेलिभरी सेप्टेम्बर २०२६ देखि सुरु हुनेछ ।
भारत जनसंख्या मात्र होइन, दुई पाङ्ग्रे सवारी साधनको प्रयोग र बजारको आकारका...
काठमाडौं – अल्ट्राभोइटलेको नेपालका लागि आधिकारिक वितरक केडिया समूहले...
काठमाडौं – अब मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने छ भने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...