रोबोटद्वारा ट्राफिक सचेतना प्रवाह गर्नका लागि परीक्षण गर्दै ट्राफिक प्रहरी

काठमाडौं - काठमाडौं उपत्यकामा ट्राफिक सचेतना अभिवृद्धि गर्न तथा आधुनिक प्रविधिको उपयोग बढाउने उद्देश्यले रोबोटिक प्रविधिको सम्भाव्यता अध्ययन तथा परीक्षण सुरु गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले युनिट्री नेपाल (एमएडब्लू फ्युचर टेक) सँगको सहकार्यमा रोबोटको प्रयोगमार्फत ट्राफिक व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमको प्रभावकारिता परीक्षण गरिरहेको जनाएको छ।

यस सम्बन्धी तस्बिर र भिडियोहरु अहिले विभिन्न सामाजिक सञ्जालहरुमा देखिएका छन् । हालै ट्राफिक प्रहरीसँगै रोबोट देखिएका भिडियो तथा तस्बिरहरू सार्वजनिक भएपछि यस विषयमा सर्वसाधारणको चासो बढेको छ। यसबारे जानकारी दिँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले यो पहल हाल प्रारम्भिक अध्ययन तथा प्रदर्शन (डेमो) को चरणमा रहेको बताए।

कार्यालयका अनुसार विशेषगरी बसपार्क क्षेत्रका लामो दूरीका यात्रु तथा सवारी चालकलाई सुरक्षित यात्रासम्बन्धी जानकारी, ट्राफिक नियम तथा आवश्यक सचेतनामूलक सन्देश प्रदान गर्न रोबोटिक प्रविधिको उपयोग गर्ने प्रारम्भिक योजना रहेको छ। यसका लागि ट्राफिक प्रहरीले आवश्यक सचेतनामूलक सामग्री उपलब्ध गराएको र सोही आधारमा रोबोटलाई प्रशिक्षण दिने प्रक्रिया अगाडि बढाइएको छ।

परीक्षण सफल भएमा सम्बन्धित निकायसँग समन्वय गरी थप प्रक्रिया अगाडि बढाइने ट्राफिक प्रहरीको भनाइ छ। रोबोटमार्फत सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ।

युनिट्री नेपाल, एमएडब्लू अन्तर्गतको फ्युचर टेक कम्पनीको ब्रान्ड हो र नेपालका लागि युनिट्री रोबोटको आधिकारिक वितरकका रूपमा कार्यरत छ।

रोबोटिक प्रविधिलाई नयाँ–नयाँ कार्य तथा सम्भावनासँग परिचित गराउँदै ट्राफिक व्यवस्थापनमा यसको उपयोगिता परीक्षण गर्ने कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने बताइएको छ।

सम्बन्धित समाचारहरू

पठाओको ४ वर्ष पूरा, चितवनमा सेवा सुरु

पठाओको ४ वर्ष पूरा, चितवनमा सेवा सुरु

काठमाडौं – राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष...

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, १८ वर्ष पुगेकालाई लाइसेन्स

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, १८ वर्ष पुगेकालाई लाइसेन्स

काठमाडौं – अब मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने छ भने...

देशभर ५८ लाख ५० हजार भन्दा बढी सवारी साधन दर्ता

देशभर ५८ लाख ५० हजार भन्दा बढी सवारी साधन दर्ता

काठमाडौं – देशभरि दर्ता भएका सवारी साधन संख्या ५८ लाख ५० हजारभन्दा माथि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...