मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ शुभारम्भ

काठमाडौँ - सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ को आज एक कार्यक्रमका बिच शुभारम्भ भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौँको नयाँबसपार्कमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा उक्त अभियानको शुभारम्भ भएको हो ।

नयाँ बसपार्क सहित कलंकी, नागढुङ्गा, फर्पिङ, भक्तपुर लगायतका विभिन्न स्थानमा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरणका लागि नागरिक सहायता कक्ष स्थापना गरेरै आजबाट सेवा दिन सुरु गरिएको छ ।

मनसुनको समयमा सडक दुर्घटना, पहिरो, डुवान, चिप्लोपन र पारदर्शिता लगायतका कारणले मानव जीवन र यातायात व्यवस्थापनमा ठूलो चुनौती सिर्जना हुँदै आएकोले यस्ता जोखिमलाई न्यूनीकरण गर्दै सडक सँस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की सहित यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय सडक सुरक्षा परिषद्का टेक्निकल एडभाइजर सरोज प्रधान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य राखेका थिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मन्तव्य मार्फत अतिथिहरूलाई कार्यक्रममा स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथी प्रकाश पारे  । 

उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारी र व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सिटौलाले लगेज ट्याग प्रणाली लागु गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर समेत गरे  ।

उक्त अभियानको शुभारम्भ कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी, नगर प्रहरी, नाइमा नेपालका  कार्यकारी निर्देशक राज कुमार दुलाल, नाडाका प्रतिनिधि, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भिम ज्वाला, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारी,  ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन व्यवस्थापन शाखाका प्रमुख पंकज मल्ल, विभिन्न सामुदायिक सेवा केन्द्र अध्यक्ष तथा प्रतिनिधि, यातायात व्यवसायी र सञ्चारकर्मीको लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित समाचारहरू

तपाईको सवारी साधनको गति कति ? बढी गतिमा चलाए यस्तो छ कानुनी व्यवस्था

तपाईको सवारी साधनको गति कति ? बढी गतिमा चलाए यस्तो छ कानुनी व्यवस्था

तपाईले चलाउने मोटरसाइकल, स्कुटर वा अन्य सवारी साधनको गति कति हुनुपर्छ...

एकैदिन दुई हजार ५१९ सवारीचालक ट्राफिक कारबाहीमा, १९ लाख ३१ हजार राजस्व सङ्कलन

एकैदिन दुई हजार ५१९ सवारीचालक ट्राफिक कारबाहीमा, १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ–बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको...

अब उपत्यकामा ९९ रुपैयाँमै चढ्न पाइने ट्याक्सी सेवा

अब उपत्यकामा ९९ रुपैयाँमै चढ्न पाइने ट्याक्सी सेवा

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...