नेपालमा उबरको सेवा सुरु, राइड–सेयरिङ बजारमा नयाँ प्रतिस्पर्धा

विश्व चर्चित अमेरिकी राइड–हेलिङ कम्पनी उबरले नेपाली बजारमा आफ्नो सेवा अनौपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले ६ जेठ २०८३ देखि काठमाडौं उपत्यकामा ‘टेस्ट लन्च’ मार्फत राइड–सेयरिङ सेवा सञ्चालनमा ल्याएको हो ।

नेपालमा आफ्नो सेवा विस्तारका लागि उबरले स्थानीय राइड–सेयरिङ कम्पनी ट्याक्सीमाण्डुसँग रणनीतिक साझेदारी गरेको छ । दुई कम्पनीबीच भएको सम्झौताअनुसार उबरले आफ्नो विश्वव्यापी रूपमा स्थापित एप र प्रविधि उपलब्ध गराउनेछ भने नेपालभित्रको सञ्चालन, चालक व्यवस्थापन र अनबोर्डिङको जिम्मा ट्याक्सीमाण्डुले सम्हाल्नेछ ।

हाल काठमाडौं उपत्यकामा यात्रुहरूले उबर एपमार्फत बाइक, कार तथा ट्याक्सी सेवा बुक गर्न सक्ने सुविधा पाएका छन् । केही दिनयता कम्पनीले चालक तथा यात्रु दर्ता प्रक्रिया तीव्र बनाएको थियो भने मंगलबार मात्रै उबरले आधिकारिक ईमेलमार्फत आफू काठमाडौंमा आइसकेको जानकारी दिएको थियो ।

उबरको आगमनसँगै नेपालको राइड–सेयरिङ बजारमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ । यसअघि नै पठाओ, इन्ड्राइभ र याङगो जस्ता प्लेटफर्महरूले काठमाडौंमा बलियो उपस्थिति बनाइसकेका छन् । उबरले भने सुरुवाती चरणमै प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा कम भाडादर देखाएर यात्रुको ध्यान तान्न थालेको छ ।

उदाहरणका रूपमा बुधबार साँझ नक्सालदेखि न्युरोड गेटसम्म मोटरसाइकल बुक गर्दा उबरमा ६७ रुपैयाँ भाडा देखिएको थियो । सोही दूरीका लागि इन्ड्राइभमा ९१ रुपैयाँ र पठाओमा १०९ रुपैयाँ देखिएको बताइएको छ । यात्रु आकर्षित गर्न कम्पनीले एपमार्फत १५ रुपैयाँ र ३० रुपैयाँसम्म छुट अफर पनि उपलब्ध गराउन थालेको छ ।

विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूका लागि उबरको सेवा उपयोगी बन्ने अपेक्षा गरिएको छ । विश्वका धेरै देशमा उबर प्रयोग गर्न अभ्यस्त पर्यटकहरूले अब काठमाडौंमा पनि सोही एपमार्फत सहज रूपमा राइड बुक गर्न सक्नेछन् ।

ट्याक्सीमाण्डुका अनुसार हाल चालक दर्ता र प्रविधि परीक्षणको काम जारी छ । योग्य ट्याक्सी तथा मोटरसाइकल चालकहरूले उबर चालक खाताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

सन् २००९ मा स्थापना भएको उबरले हाल विश्वका ७० भन्दा बढी देशका १० हजारभन्दा धेरै सहरमा सेवा दिँदै आएको छ । राइड–सेयरिङ बाहेक कम्पनीले उबर इट्स मार्फत खाना डेलिभरी तथा उबर फ्रेट्स मार्फत सामान ढुवानी सेवा पनि सञ्चालन गर्दै आएको छ ।

नेपालमा भने उबरले प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा मात्रै सेवा केन्द्रित गरेको छ । आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत सेवा विस्तार गर्ने कम्पनीको तयारी रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

२३ ल्याम्बोर्गिनी कि १० हजार जना ? भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको टिम नेपालमा

२३ ल्याम्बोर्गिनी कि १० हजार जना ? भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको टिम नेपालमा

विश्व चर्चित युट्युबर मिस्टर बिस्टकाे टिम नेपाल आइपुगेकाे छ । त्यसमा...

सडकमा बढी दुर्घटना हुने स्थान (Black Spot) : जोखिम र जोगिने उपायहरू

सडकमा बढी दुर्घटना हुने स्थान (Black Spot) : जोखिम र जोगिने उपायहरू

बढी दुर्घटना हुने स्थान (Black Spot) भन्नाले सडकको त्यो विशेष खण्ड वा क्षेत्रलाई...

उबरद्वारा नेपालमा आफ्नो सेवा सुरु भएको घोषणा

उबरद्वारा नेपालमा आफ्नो सेवा सुरु भएको घोषणा

काठमाडौँ–अमेरिकी बहुराष्ट्रिय राइड हेलिङ कम्पनी उबरले नेपालमा आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...