बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चिनियाँ अटो निर्माता चेरीको जेइको जे७ बेलायतको सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । जेइकोे जे७ ले गत मार्चमा सबैभन्दा धेरै बिक्री हुने नयाँ कारको किर्तिमान कायम गरेको हो । सो कार २०२६ मा अहिलेसम्म बिक्री भएको सबैभन्दा लोकप्रिय मोडेलका रुपमा समेत परिचित छ ।
जेइको जे७ सेप्टेम्बर २०२५ देखि नै बेलायतमा सबैभन्दा धेरै बिक्री हुने शीर्ष १० कारमा पर्दै आएको छ । मार्चमा कुल १० हजार ६४ युनिट जेइको जे७ बिक्री भएको जनाइएको छ ।
यो बेलायतमा सबैभन्दा धेरै बिक्री हुने मोडेल बनेको छ, जसले दोस्रो स्थानमा रहेको मोडेलको तुलनामा ७० प्रतिशत बढी बिक्री रेकर्ड गरेको छ ।
बिक्री भएको कुल कारमा एसएचएस–पी प्लग–इन हाइब्रिड भेरियन्टले ८५ प्रतिशत हिस्सा ओगटेको छ । साथै, यो मोडेलले महिनाभरि बिक्री भएको कुल कुल सवारी साधनमा २.६६ प्रतिशत योगदान पु-याएको छ ।
जेइको ७ फ्रन्ट–ह्वील–ड्राइभ र अल–ह्वील–ड्राइभ कन्फिगरेसनमा उपलब्ध छ । १.६ लिटर टर्बो–पेट्रोल इन्जिन र प्लग–इन हाइब्रिड भेरियन्टमा उपलब्ध यस कारले एक हजार १९९ किलोमिटरसम्मको संयुक्त ड्राइभिङ रेन्ज र ९० किलोमिटर इलेक्ट्रिक रेन्ज प्रदान गर्दछ ।
जेइको नेपाली बजारमा समेत उपलब्ध ब्रान्ड हो । नेपालमा यसको जे५ र जे६ मोडल उपलब्ध छ । इलेक्ट्रिक पावरट्रेनमा मात्रै उपलब्ध यी कार पछिल्लो समय नेपाली उपभोक्तामाझ लोकप्रिय वनिरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...