नेपाली मोटर स्पोर्ट्समा नयाँ अध्याय : काठमाडौं इन्जिनियरिङ कलेजले १५ लाख र अन्य प्रायोजन गर्ने
काठमाडौं – नेपाली इन्जिनियरिङ शिक्षामा प्रतिष्ठित मानिने कलेज काठमाडौं...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) तथा एआईपी फाउन्डेसनको सहयोगमा ‘हेड्स अप’ अभियान अन्तर्गत हेल्मेट कानुन तथा मापदण्ड सम्बन्धी पोलिसी डायलग कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्य क्षेत्र, सडक सुरक्षा विज्ञ, प्राविधिक क्षेत्र, युवा, बालबालिका तथा सरोकारवाला संस्थाका गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुवात नासा नेपालका परियोजना संयोजक सुवास भट्टराईले नासा नेपालको सडक सुरक्षा सम्बन्धी गतिविधि तथा हाल सञ्चालन भइरहेको “हेड्स अप” अभियानबारे जानकारीका साथ गरेका थिए ।
कार्यक्रममा अर्थोपेडिक सर्जन डा. सतिश प्रसाद बर्नवालले सडक दुर्घटना र हेल्मेटको प्रयोग विषयमा प्रस्तुति दिँदै दुईपांग्रे सवारी दुर्घटनाबाट हुने गम्भीर चोटपटक तथा जोखिम न्यूनीकरणमा गुणस्तरीय हेल्मेटको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
त्यसैगरी नेपाल प्रहरीको राजमार्ग एण्ड ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी भुवनेश्वर तिवारीले सडक सुरक्षा, विद्यमान कानुनी व्यवस्था तथा सडक सुरक्षामा सरोकारवालाको भूमिकाबारे प्रस्तुतीकरण गरे ।
सडक सुरक्षाविज्ञ भगवती सेडाइले नेपालमा विद्यमान हेल्मेट कानुन, राष्ट्रिय हेल्मेट मापदण्ड कार्यान्वयनको आवश्यकता तथा चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्नुपर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रा.डा.ड्यानियल तुलाधर, राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोज कुमार प्रधान लगायतले हेल्मेटको गुणस्तर, सडक सुरक्षा नीतिहरू तथा प्रभावकारी कार्यान्वयनका विषयमा आफ्ना धारणा राखेका थिए । त्यसैगरी, नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले सरकारले सडक सुरक्षा तथा सुरक्षित र डबल हेल्मेटको विषयमा पर्याप्त प्राथमिकता नदिएको उल्लेख गर्दै प्रभावकारी नीति तथा कार्यान्वयन आवश्यक रहेको बताए ।
कार्यक्रमको समापनमा १५ जना बालबालिकाहरुलाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुरप्रसाद न्यौपाने, डा. शिवजी यादव, हिसान नेपालका महासचिव रामहरि सिलवाल, कार्यक्रमका वक्ताहरु लगायतले चाइल्ड हेल्मेट हस्तान्तरण गरेका थिए । नासा नेपालले यस अभियान अन्तर्गत राष्ट्रिय हेल्मेट मापदण्डको कार्यान्वयन, डबल हेल्मेटको प्रयोग र चाइल्ड हेल्मेट प्रवद्र्धन सम्बन्धी जनचेतना तथा एड्भोकेसी अभियान सञ्चालन गरिरहेको बताएको छ ।
काठमाडौं – नेपाली इन्जिनियरिङ शिक्षामा प्रतिष्ठित मानिने कलेज काठमाडौं...
काठमाडौं – गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम’ आज एक...
आजकाल निकै समाचार सुनिन्छ । गोर्खामा जहाज । इलाममा जहाज । बलेवामा जहाज आदि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...