यामाहाले नयाँ आरवन इलेक्ट्रिक बाइक ल्याउँदै, ब्याट्री कुलिङ सिस्टमको लागि पेटेन्ट दर्ता
यामाहाले आफ्नो लोकप्रिय स्पोर्टबाइक वाईजेडएफ आरवनको इलेक्ट्रिक भेरिएन्ट...
काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु राइड्सले नयाँ वर्ष २०८३ को अवसरमा ल्याएको ‘यामाहा ब्लुकोड’ नामक अफरको अवधि थप गरेको छ । यस अनुसार सो अफर आगामी जेठ १५ सम्म उपलब्ध हुनेछ ।
यामाहा नेपालले ‘राइड द हाई टेक’ थिमसहित यो योजना ल्याएको थियो । यसको अवधि बैशाख मसान्त सम्म मात्र भएकोमा ग्राहकको मागका कारण समयावधि थप गरिएको कम्पनीको भनाइ छ ।
अफर अन्तर्गत ग्राहकहरूले क्यूआर स्क्यान गरी रजिस्ट्रेसन गरेपछि विभिन्न किसिमका अफरमा सहभागी हुन सक्नेछन् । यो योजनामा एक्साइटमेन्ट, पर्फमेन्स र स्टाइल गरी तीन मुख्य क्याटेगोरीमा पुरस्कार व्यवस्था गरिएको छ ।
एक्साइटमेन्ट अफरअन्तर्गत ग्राहकहरूले घरबाटै सहभागितामा जनाएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।
त्यस्तै, पर्फमेन्स अफर अन्तर्गगत यामाहाका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले ५ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । स्टाइल क्याटेगोरीमार्फत हाईटेक ग्याजेटहरू जित्ने मौका पाइने छ ।
कम्पनीका अनुसार यो अभियानले ग्राहकलाई नयाँ प्रविधियुक्त राइडिङ अनुभवसँगै अतिरिक्त मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ । साथै, स्पट एक्सचेन्ज, सजिलो फाइनान्स सुविधा, ३६ महिनासम्मको लोन अवधि र ५ वर्षसम्मको फ्रि सर्भिस जस्ता थप सुविधाहरू पनि पाउने छन् ।
यामाहाले आफ्नो लोकप्रिय स्पोर्टबाइक वाईजेडएफ आरवनको इलेक्ट्रिक भेरिएन्ट...
काठमाडौं – यामाहाका हालै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका...
काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...