सिस्नेरी-दक्षिणकाली सडकखण्ड असोज १९ सम्म बन्द
सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक...
साझा यातायातले आफ्ना सम्पूर्ण बसहरुलाई प्रविधिमैत्री बनाउने क्रमलाई अगाडि बढाइरहेको छ । काठमाडौं उपत्यकामा चल्ने साझाका बस मात्र होइन, उपत्यका वाहिर चल्ने बसहरु समेत पुल्चोकस्थित साझाको केन्द्रीय कार्यालयमा रहेको कन्ट्रोल रुमबाटै निगरानी गर्न सकिन्छ । बसभित्र हुने यात्रु र चालक लगायतको सम्पूर्ण गतिविधि कन्ट्रोल रुमबाटै हेर्न र आवश्यक परेमा चालकसँग फोनमार्फत कुराकानी समेत गर्न सकिन्छ ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्याल भन्छन्, ‘कुन तरिकाले गाडी चलेको छ, कुन स्पिडमा चलेको छ, सबै यहीबाटै हेर्न सकिन्छ । धेरै बसहरुमा यसको परीक्षण भइसकेको छ र सबै बसमा यो प्रविधि लागु हुनेछ ।’ यसलाई इन्टिग्रटेड एप्रोचमा लैजाने योजना रहेको उनले बताए । यसबाट गाडीको अवस्था र अन्य आर्थिक पक्षको वारेमा सबै जानकारी हुने उनले बताए । हालै काठमाडौंमा रात्रीकालिन यातायात समेत सञ्चालन गरेको साझा यातायातले सुरक्षालाई समेत मध्यनजर गरी यस्तो प्रविधि उपलब्ध गराएको अर्यालले बताए । सार्वजनिक यातायातलाई सुरक्षित बनाउन यसले भूमिका खेल्ने बताए ।
आगामी दिनमा म्यानुअल नभई अनलाइन टिकट काट्न सकिने व्यवस्था समेत हुने अर्यालले बताए । यसका लागि साझा यातायातको लागि मात्र उपयोग हुने नभई बैंक र अन्य सार्वजनिक सवारीमा समेत प्रयोग हुने तरिकाले स्मार्ट कार्ड ल्याउने तयारी भइरहेको समेत उनले बताए । यसबाट साझामा मात्र नभएर अन्य सार्वजनिक यातायातमा समेत सोही कार्ड प्रयोग गर्न सकिने उनको भनाइ छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला (सरोज) अब सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउनुको विकल्प नभएको बताउँछन् । यातायात व्यवसायीहरुको वृहत्तर हित र आर्थिक प्रगतिको लागि प्रविधिमा आधारित नगदरहित भाडा भुक्तानी प्रणाली सञ्चालनमा ल्याउन सरोकारवालाहरुसँग सहकार्य गर्ने र सार्वजनिक यातायातलाई अझ बढी व्यबस्थित, मर्यादित र सबैको पहुँच हुने गरी सञ्चालन गर्नको लागि यसको प्राविधिक पक्ष र व्यावसायिक पक्ष विच समन्वय गरी सञ्चालनको लागि सरोकारवालाहरुसँग स्वच्छ, खुला र नतिजामुखी सम्बाद र सहकार्य गर्नका लागि आगामी दिनमा महासंघले भूमिका खेल्नु पर्ने र यसका लागि आफू निरन्तर लागिरहने उनले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन, यातायात नीति २०५८ संशोधन, सडक सुरक्षा परिषद् ऐन निर्माण गरि ऐन, नीतिहरुलाई लगानीमैत्री, श्रमिकमैत्री र यात्रुमैत्री बनाउँदै यातायात क्षेत्रमा सामाजिक सुरक्षा ऐनको कार्यान्वयन मार्फत सुधार ल्याउने र समग्र यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै आधुनिकीकरण गर्नका लागि अझै धेरै कार्य गर्न बाँकी रहेकाले त्यसै अनुसार अगाडि बढ्ने उनले बताए ।
सार्वजनिक यातायात कस्तो बन्नु पर्छ भन्ने बारेमा नयाँ बहसको आवश्यकता छ । यसका लागि केही कार्य भएका छन् । तर अझै धेरै गर्नुपर्ने आवश्यकता छ ।
महानगर यातायातका सचिव केशव नेपालले व्यापार घाटा बढिरहेको अवस्थामा नेपालले आगामी दिनमा ईभीमैत्री नीति ल्याउनु पर्ने र यसका लागि ईभी कारमा मात्र नभएर बस र ट्रक जस्ता ठूला सवारीमा समेत यो नीति लागु गर्ने व्यवस्थामा ध्यान दिनुपर्ने बताउँछन् । बस र ट्रक जस्ता ठूला सवारी साधन लामो दुरीको यात्रामा प्रयोग गरिन्छ र धेरै मात्रामा पेट्रोलियम पदार्थको खपत भइरहेको हुन्छ । सरकारले आगामी सन् २०३५ सम्म देशलाई ईभीमय बनाउने नीति लिइरहेको सन्दर्भमा सिटी बस लगायत अन्य बस लगायतका सवारी साधनका लागि ईभीमैत्री नीति ल्याउने र मानिसहरुले निजी कार होइन, सार्वजनिक यातायात चढ्ने वातावरण बनाएमा यो लक्ष्य पछ्याउन समस्या नहुने उनले बताए ।
महानगर यातायातले सबैलाई बस चढ्न प्रेरित गर्ने उद्देश्यका साथ कार्य गरिरहेको नेपालले बताए । दैनिक रुपमा बस वासिङ गर्ने र यसको लागि निश्चित रकम छुट्याउने गरिएको तथा ड्राइभर ट्रेनिङ, काउन्सिलिङ लगायतका कार्य गरिरहेको उनले बताए । बसलाई प्राविधिक र आर्थिक रुपमा सुरक्षित बनाउन सीसीटीभी मात्र होइन, क्यासलेस अर्थात नगदरहित कारोबार गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । हालै महानगर यातायातले थप २० वटा इलेक्ट्रिक बस भित्र्याएको र १४ बस काठमाडौंको रिङरोडमा चलाउने तयारी गरिरहेको छ ।
अटोमोबाइल क्षेत्रमा क्रियाशील विश्लेषक दीपक थपलिया यदि सरकारले पेट्रोलियम पदार्थको आयात घटाउने हो भने लामो दुरीमा चल्ने सवारी साधनमा लाग्ने खपत घटाउनु पर्ने बताउछन् । उनका अनुसार डिजेल खपतको मुख्य अर्थात करिव ५० प्रतिशत हिस्सा यस्तै सवारी साधनमार्फत खपत हुन्छ । काठमाडौं, पोखरा जस्ता ठूला सहरमा भित्रिने ट्रकहरु करिव ९० प्रतिशत लोड भएर आउने र जादा रित्तै फर्किने गर्छन् । उस्तै दुरी, उत्तिकै डिजेल खर्च । तर फर्किदा शून्य भ्याल्यु क्रिएसन । यसकारण पुरै सम्भव नभए पनि यसलाई घटाउनका लागि केही पहल गर्न सकिने र ईभीमैत्री नीति ल्याउनका लागि कार्य गर्न सकिने उनको भनाइ छ ।

सार्वजनिक यातायात कस्तो बन्नु पर्छ भन्ने बारेमा नयाँ बहसको आवश्यकता छ । यसका लागि केही कार्य भएका छन् । तर अझै धेरै गर्नुपर्ने आवश्यकता छ । अहिले काठमाडौंको चक्रपथका साथै लामो दुरीमा विभिन्न प्रकारका ठूला सार्वजनिक बस चलिरहेका छन् । अशोक लेल्यान्ड, टाटा लगायत ब्रान्डका सुविधा सम्पन्न गाडी चक्रपथ परिव्रmमा गर्ने गरी सञ्चालनमा आएका हुन् ।
साझा यातायात, महानगर, सुन्दर यातायात, सिटी मेट्रो, ओरेन्ज, भक्तपुर–काठमाडौं नगरबस लगायत विभिन्न सार्वजनिक बसले सेवा उपलब्ध गराइरहेका छन् । यस्ता बस राजधानीमा पहिलो पटक साझा यातायातले भित्र्याएको थियो । साझा यातायातको सिको गर्दै निजी क्षेत्रका व्यवसायीले पनि ठूला सवारीसाधन भित्र्याउन थालेपछि झुन्डिंदै, निहुँरिंदै, कोच्चिंदै यात्रा गर्नुपर्ने उपत्यकावासीको बाध्यतामा थोरै भए पनि कमी आएको छ । यस्ता बसमा भएको फराकिला ठाउँले उकुसमुकुस पार्ने यात्रालाई पनि सहज बनाएको छ।
अहिले संचालनमा आएका ठूला बसमा ह्वीलचेयरसहित यात्रा गर्न सकिने, जीपीएस प्रणालीबाट डिस्प्ले स्क्रिन, डिस्प्ले टिभी र स्पिकरबाट बस स्टपबारे जानकारी दिइने, एपमार्फत गाडी कहाँ आइपुगेको छ भनी हेर्न सकिने, उभिएका यात्रुका लागि ह्याङ्गिङ स्ट्र्याप, मोबाइल चार्जको व्यवस्था, ट्राभल कार्डबाट भुक्तानी जस्ता थुप्रै सेवा छन् । सीसीटिभी क्यामेराले यात्रालाई सुरक्षित महसुस पनि गराएको छ । अब विस्तारै सार्वजनिक यातायात सुविधाजनक हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।
लामो दुरीको यात्रा पनि पहिले भन्दा धेरै व्यवस्थित भएको छ । यद्यपि अझै पनि छ घन्टाभन्दा लामो रुटमा चल्ने गाडीमा अनिवार्य रुपमा दुईजना चालकको व्यवस्था गर्नुपर्ने, सबै यात्रुको विवरण र दुवै चालकको नामसहितको विवरण ट्राफिक प्रहरीलाई उपलब्ध गराउने, टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउने व्यवस्था गर्ने, सबै टिकटहरु काउन्टरबाटै बिक्री गर्ने, बिचौलियालाई टिकट काउन्टरमा प्रवेश नदिने तथा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने कार्यलाई समेत कडाईका साथ पालना गराउनु आवश्यक छ ।
सरकारले गाडीको गति, चालकले मदिरा सेवन गरे नगरेको, दुई जना चालक राखे नराखेको, सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको जस्ता विषयमा नियमित रुपमा अनुगमन गर्नु आवश्यक छ । गाडी दुर्घटना हुन नदिने, भइ हालेमा घाइते हुनेहरुलाई तत्कालै अस्पतालमा लगेर उपचारको व्यवस्था गर्ने लगायतका कार्य गर्नु समेत अत्यावश्यक छ ।
सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक...
नवलपुर- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल...
नेपालका सडकहरूमा ट्राफिक प्रहरीको नियमित चेकजाँचका क्रममा बारम्बार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...