छोटो समयमै नेपाली सडकमा १५० भन्दा बढी ११ सिटर सोकोन ईसी३६ ईभी भ्यान
सोकोन ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सको...
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चेरी र जापानी अटो पार्ट्स रिटेलर अटोब्याक्स सेभेनले सन् २०२७ देखि जापानमा संयुक्त रूपमा विद्युतीय सवारीसाधन अर्थात ईभी बिक्री गर्ने योजना बनाएका छन्। यस सहकार्यले जापानमा चिनियाँ कम्पनीहरूले विकास गरेका ईभीहरूको बिक्री सञ्जाल विस्तार गर्ने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा चिनियाँ अटो कम्पनीहरू विद्युतीय सवारी प्रविधिमा तीव्र प्रगति गर्दै विश्व अटो उद्योगमा अग्रसर मानिन्छन्।
यी दुई कम्पनीले सिंगापुरमा ज्वाइन्ट भेन्चर कम्पनी स्थापना गरेको छन् । उक्त कम्पनीमा चीनको सरकारी स्वामित्वको कम्पनी जियाङसु युडा अटोमोबाइल ग्रुप, चिनियाँ ब्याट्री निर्माता कम्पनी गोसन हाईटेक तथा जापानी पेन्टिङ उपकरण निर्माता कम्पनी एनेस इवाटाले पनि लगानी गरेका छन्। यो ज्वाइन्ट भेन्चरले जापानी बजारका लागि छुट्टै ईभी ब्रान्ड सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
उक्त गाडीहरूमा चीनको घरेलु बजारका लागि चेरीले विकास गरेको प्रविधि प्रयोग गरिनेछ। साथै, गाडीहरूमा एडभान्स्ड ड्राइभर असिस्टेन्स फिचर पनि समावेश गरिनेछ। मूल्य निर्धारणबारे अन्तिम निर्णय हुन बाँकी रहे पनि कम्पनीहरूले यी गाडीहरूलाई सर्वसाधारण ग्राहकलाई लक्षित गर्दै मध्यम मूल्य वर्गमा उपलब्ध गराउने योजना बनाएका छन्। युरोप र दक्षिण–पूर्वी एसियाका बजारहरूमा चेरीले प्रतिस्पर्धी मूल्यमा आधुनिक सुविधासहितका विभिन्न मोडलहरू उपलब्ध गराउँदै आएको छ।
ज्वाइन्ट भेन्चरले सन् २०२९ सम्म चारवटा नयाँ मोडल बजारमा ल्याउने योजना बनाएको छ। साथै, भविष्यमा अन्य अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने सम्भावनाबारे पनि विचार भइरहेको बताइएको छ। प्रारम्भिक चरणमा यी गाडीहरूको उत्पादन चीनस्थित युएडा अटोमोबाइलको कारखानामा गरिनेछ। त्यसपछि सन् २०३० वा त्यसपछि जापानमै उत्पादन सुरु गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको छ।
सन् २०२५ मा नयाँ गाडी बिक्रीको आधारमा चेरी विश्वका शीर्ष अटोमोबाइल कम्पनीहरूमा १२औँ स्थानमा रहेको थियो। त्यसैगरी अटोब्याक्स सेभेन विश्वभर करिब १ हजार २०० वटा स्टोर सञ्चालन गर्ने ठूलो अटो रिटेल नेटवर्कका रूपमा परिचित छ। यी स्टोरहरूमा अटो पाट्र्स र एसेसरिजका साथै सेकेन्ड ह्यान्ड गाडीहरूको बिक्री पनि हुँदै आएको छ।
पछिल्ला वर्षहरूमा अटोब्याक्सले आफ्नो व्यवसाय विस्तार गर्दै नयाँ गाडी बिक्रीमा पनि प्रवेश गरेको छ। कम्पनीले चीनको बीवाईडी र दक्षिण कोरियाको हुन्डाई मोटर जस्ता कम्पनीहरूको गाडी बिक्री गर्न थालेको छ। साथै, कम्पनीले टोकियोस्थित उदीयमान ईभी निर्माता कम्पनी एएसएफमा पनि लगानी गरेको छ।
विशेषज्ञहरूका अनुसार चेरी र अटोब्याक्स बीचको यो सहकार्यले जापानको ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्न सक्छ। जापान परम्परागत रूपमा हाइब्रिड गाडीका लागि परिचित भए पनि पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनप्रति चासो बढ्दै गएको छ। यस्तो अवस्थामा चिनियाँ प्रविधि र जापानी बिक्री सञ्जालको संयोजनले बजारमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सोकोन ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सको...
रसुवा – रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात...
काठमाडौं पहिलो पटक मुस्ताङको कोरला नाकाबाट भित्रिएका जेइको जे५ र जे६ ईभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...