फुल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने टाटा कर्भ ईभीको एक्स सिरिज लन्च

टाटा मोटर्सले आफ्नो पहिलो कुपे शैलीको एसयूभी टाटा कर्भ ईभीको नयाँ एक्स सिरिज लन्च गरेको छ।

कम्पनीले कर्भ ईभी एक्स सिरिजलाई अकम्प्लिस्ड एक्स ५५ र एम्पावर्ड एक्स ५५ गरी दुई भेरिएन्टमा उपलब्ध गराएको छ। साथै नयाँ नाइट्रो क्रिमसन रङ पनि थपिएको छ। कम्पनीले उच्च भोल्टेज ब्याट्रीमा आजीवन वारेन्टीसमेत प्रदान गरिरहेको जनाएको छ।

नयाँ कर्भ ईभी एक्स सिरिजमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ। कम्पनीका अनुसार सो इलेक्ट्रिक एसयूभीले फुल चार्जमा ५०२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ ।

अकम्प्लिस्ड एक्स ५५ भेरिएन्टमा खुल्ने प्यानोरामिक सनरुफ, २६.०३ सेन्टिमिटर डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ। सेफ्टिका लागि ब्लाइन्ड स्पट मनिटर सहितको ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा सिस्टम जडान गरिएको छ। साथै भेन्टिलेसन र प्रिमियम लेदरेट अपहोल्स्ट्रीसहित भारतकै पहिलो आर–कम्फर्ट सिट पनि समावेश गरिएको छ।

त्यसैगरी एम्पावर्ड एक्स ५५ लाइनअपकै सबैभन्दा प्रिमियम भेरिएन्ट हो। यसमा अकम्प्लिस्ड एक्सका सबै फिचर सहित ठुलो ३१.२४ सेन्टिमिटर सिनेमेटिक टचस्क्रिन, भेन्टिलेटेड फ्रन्ट सिट तथा सिक्स वे पावर एडजस्टेबल ड्राइभर सिट समावेश गरिएको छ । सेफ्टीका लागि २० वटा फिचरसहितको लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम प्रदान गरिएको छ। साथै जेस्चर कन्ट्रोलमार्फत सञ्चालन हुने पावर्ड टेलगेट, आर १८ अलोय ह्विल तथा भीटुभी र भीटुएल चार्जिङ सिस्टमसमेत उपलब्ध छ।

टाटा कर्भ ईभीको डिजाइन  नेक्सन ईभी र पन्च ईभीसँग मिल्दोजुल्दो रहेको छ । यसको फ्रन्टमा कनेक्टेड एलईडी डे टाइम रनिङ लाइट र फुल एलईडी हेडलाइट सेटअप दिइएको छ। साइड प्रोफाइलमा १८ इन्चका एरोडाइनामिक अलोय ह्विल प्रयोग गरिएको छ।रियरमा कनेक्टेड एलईडी टेललाइट, स्किड प्लेटसहितको बाक्लो कालो बम्पर, ट्राएंगुलर रिफ्लेक्टर तथा रिभर्स ल्याम्प समावेश गरिएको छ। यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । कम्पनीले यसमा ५०० लिटर बुट स्पेस र फ्रन्टमा ११.६ लिटरको फ्रङ्क स्पेस पनि उपलब्ध गराएको छ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर, कसको माइलेज कति ?

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर, कसको माइलेज कति ?

इलेक्ट्रिक स्कुटरको मागमा खासै वृद्धि हनु नसके पनि नेपालमा नयाँनयाँ...

जेठमा ७८१ विद्युतीय गाडी यातायात कार्यालयमा दर्ता, दर्ताकै लागि धेरै जनशक्ति खर्चिदै ईभी ब्रान्ड

जेठमा ७८१ विद्युतीय गाडी यातायात कार्यालयमा दर्ता, दर्ताकै लागि धेरै जनशक्ति खर्चिदै ईभी ब्रान्ड

काठमाडौं – चालु आर्थिक वर्षको जेठ महिनामा ७८१ युनिट विद्युतीय गाडी...

रोजाईमा १५० किलोवाट पावर भएका २ इलेक्ट्रिक कार : हुन्डाई कोना र किया निरो

रोजाईमा १५० किलोवाट पावर भएका २ इलेक्ट्रिक कार : हुन्डाई कोना र किया निरो

नेपाली बजारमा हालसम्म उपलब्ध इलेक्ट्रिक कार मध्ये हुन्डाई कोना र किया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...