महिन्द्राको नयाँ पिकअप कन्सेप्ट सार्वजनिक
महिन्द्राले स्कोर्पियो एनमा आधारित पिकअपको कन्सेप्ट एसयूभी सार्वजनिक...
ब्रान्ड भ्याल्युका आधारमा भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एन्ड महिन्द्रा ग्लोबल टप २५ मा इन्ट्री गर्न सफल भएको छ । लण्डनस्थित ब्रान्ड भ्यालुएसन कन्सल्टेन्सी ब्रान्ड फाइनान्सले हालै प्रकाशित गरेको अटोमोटिभ इन्डष्ट्रि २०२६ -याङकिङमार्फत यो तथ्य सार्वजनिक भएको हो ।
कम्पनीको ब्रान्ड भ्याल्यु एक वर्षमा १७ प्रतिशतले वृद्धि भएर ३.८ अर्ब अमेरिकी डलर पुगेको छ, जसले विश्व अटो उद्योगमा यसको प्रभाव तीव्र रूपमा बढिरहेको संकेत गर्छ।
महिन्द्राले ब्रान्ड स्ट्रेन्थ इन्डेक्स (बीएसआई) मा १०० मध्ये ८६.५ अंक प्राप्त गर्दै एएए रेटिङ हासिल गरेको छ। यस उपलब्धिसँगै कम्पनी विश्वकै आठौँ सबैभन्दा बलियो अटोमोबाइल ब्रान्डको रूपमा स्थापित भएको छ।
ब्रान्ड फाइनान्सको प्रतिवेदनअनुसार हाल विश्वभरका अटोमोबाइल ब्रान्डहरूको कुल ब्रान्ड भ्याल्यु ५७५.४ अर्ब अमेरिकी डलर पुगेको छ। यसले विश्व अटो उद्योगमा प्रतिस्पर्धा झन् तीव्र हुँदै गएको र प्रविधि, नवप्रवर्तन तथा विद्युतीय सवारीतर्फ तीव्र रूपान्तरण भइरहेको स्पष्ट देखाउँछ।
महिन्द्राको ब्रान्ड मूल्य वृद्धिमा कम्पनीको एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति तथा ईभी विकासमा बढ्दो लगानी मुख्य कारण मानिएको छ। विशेषगरी महिन्द्रा स्कर्पियो जस्ता लोकप्रिय मोडलहरूले कम्पनीलाई स्थिर माग र बजार विस्तारमा सहयोग पु-याएका छन्। साथै कम्पनीले आफ्ना नयाँ विद्युतीय मोडलहरूको विकास तथा वितरण सञ्जाल विस्तार गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढ बनाइरहेको छ।
महिन्द्रासँगै अन्य भारतीय अटोमोबाइल ब्रान्डहरूले पनि यस वर्ष उल्लेखनीय प्रदर्शन गरेका छन्। मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्ड विश्वकै तेस्रो सबैभन्दा बलियो अटोमोबाइल ब्रान्डको रूपमा उभिएको छ। कम्पनीले ८८.९ बीएसआई स्कोर प्राप्त गर्दै आफ्नो ब्रान्ड मूल्य ३० प्रतिशतले बढाएर १.२ अर्ब अमेरिकी डलर पु-याएको छ। लाइफस्टाइल मोटरसाइकल ब्रान्डका रूपमा यसको विश्वव्यापी लोकप्रियता र अन्तर्राष्ट्रिय बजार विस्तारले माग निरन्तर बढाइरहेको छ।
त्यसैगरी टाटा मोटर्सले पनि बलियो उपस्थिति देखाएको छ। कम्पनीको ब्रान्ड मूल्य ३.३ अर्ब अमेरिकी डलर पुगेको छ र ब्रान्ड स्ट्रेन्थमा विश्वका शीर्ष पाँच अटोमोबाइल ब्रान्डमध्ये स्थान बनाउन सफल भएको छ।
भारतीय बजारमा अग्रणी कार निर्माता मारुती सुजुकी पनि विश्व ब्रान्ड -याङकिङमा सुधार गर्दै ३४औँ स्थानमा पुगेको छ। कम्पनीको ब्रान्ड मूल्य ९ प्रतिशतले वृद्धि भएर २.७ अर्ब अमेरिकी डलर पुगेको छ।
यस बाहेक बजाज, हिरो, टीभीएस तथा अशोक लेल्यान्ड जस्ता भारतीय ब्रान्डहरू पनि यस वर्षको -याङकिङमा समावेश भएका छन्। यसले भारतको अटोमोबाइल उद्योग समग्र रूपमा बलियो हुँदै गएको र विश्व बजारमा यसको प्रभाव विस्तार भइरहेको संकेत दिन्छ।
महिन्द्राले स्कोर्पियो एनमा आधारित पिकअपको कन्सेप्ट एसयूभी सार्वजनिक...
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...
भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...