भल्वो आइसरको ऐतिहासिक माइलस्टोन : वार्षिक १ लाख बढी युनिट बिक्री

भल्वो ग्रुप र आइसर मोटर्सको ज्वाइन्ट भेन्चरमा रहेको भीई कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले आर्थिक वर्ष २०२५–२६ मा १ लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ । यो हाल सम्म वार्षिक रुपमा सबैभन्दा धेरै संख्याको बिक्री हो ।

आर्थिक वर्षको अन्तिम महिना अर्थात मार्चमा कम्पनीले १० हजार ५७९ अर्थात अघिल्लो वर्षको यही अवधिको तुलनामा २०.८ प्रतिशत बढी बिक्री गरेको छ ।

यसप्रकारको महत्वपूर्ण माइलस्टोन हासिल हुनुले भल्वो आइसर पार्टनरसिपको सुरुवाती चरणमै राखिएको दीर्घकालीन दृष्टिकोणले लिएको साकार रुपलाई झल्काउँछ र कमर्सियल सवारी उद्योगमा भीईसीभीको वृद्धि भइरहेको तीव्र गतिलाई जोड दिन्छ ।

भीईसीभीको यो उपलब्धिमा कम्पनीका लाइट र मिडियम ड्यटी ट्रक, हेभी ड्युटी ट्रक र बस जस्ता सवारी साधनले भूमिका खेलेका छन् । यो अवधिमा सबैभन्दा बढी अर्थात ४६.१ प्रतिशत भूमिका लाइट एन्ड मिडियम ड्युटी ट्रकको छ । यी सवारी साधन ४७ हजार ७८९ युनिट बिक्री भएका छन् ।

त्यसैगरी हेभी ड्युटी ट्रक २६ हजार ८६७ युनिट बिक्री भएका छन् । यी सवारी साधनको समग्र बिक्रीमा भूमिका २५.९ प्रतिशत छ । त्यसैगरी १९ हजार ३६३ अर्थात १८.७ प्रतिशत बस बिक्री भएका छन् ।

भीईसीभीले विभिन्न उत्पादन उपलब्ध गराइरहेको छ र बेस्ट इन क्लास इन्धन दक्षता, उत्कृष्ट सञ्चालन समय अर्थात सुपेरियर अपटाइम र ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने कार्यलाई जारी राखेको छ ।

सन् २००८ देखि यी दुई ग्रुपको साझेदारी बने पश्चात भल्वो ग्रुपको ग्लोबल टेक्नोलोजीमा भएको विशेषज्ञता र आइसर मोटर्सको मार्केटिङ सम्बन्धी गहिरो बुझाई दुवैलाई जोडेर कमर्सियल मोबिलिटीको बेन्चमार्कलाई पुनःपरिभाषित गर्नमा भूमिका निर्वाह गरेको छ ।

नेपालमा भीईसीभीको आधिकारिक वितरक बतास एमएडब्लु हो । यस प्रकारको ऐतिहासिक यात्राको एक भाग हुन पाएकोमा बतास एमएडब्लुले गर्व महसुस गरेको बताएको छ ।

आगामी दिनमा समेत यस प्रकारको एड्भान्स्ड मोबिलिटीलाई ग्राहक बिचमा ल्याउने र नेपालको यातायात क्षेत्रको विकासका लागि क्रियाशील रहने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

आइसर नेसनल मेगा सर्भिस क्याम्प हुने, ग्राहकहरूलाई विशेष छुट

आइसर नेसनल मेगा सर्भिस क्याम्प हुने, ग्राहकहरूलाई विशेष छुट

काठमाडौं – बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सले आइसर ग्राहकहरूका लागि...

१,२०० रुपैयाँमै अब लक्जरी बसमा पोखरा–काठमाडौंको यात्रा

१,२०० रुपैयाँमै अब लक्जरी बसमा पोखरा–काठमाडौंको यात्रा

पोखरा – गण्डकी प्रदेशमै पहिलोपल्ट युरो सिक्स अर्थात बीएस६ मापदण्डको भल्वो...

सामाजिक अभियान संचालन गरेर बतास एमएडब्लूले मनायो तेस्रो वार्षिकोत्सव

सामाजिक अभियान संचालन गरेर बतास एमएडब्लूले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौं– बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...