अटो शोमा दुई नयाँ ब्राण्डका मोटरसाइकल लन्च हुने
काठमाडौं– ४ दिनपछि सुरु हुने नडा अटो शोमा यसपटक दुई नयाँ ब्राण्डका...
डुकाटीले आफ्नो पहिलो मोटोक्रस मोटरसाइकल डुकाटी डेस्मो४५० एमएक्स भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले रेसिङ प्रविधिबाट प्रेरित सो बाइकको मूल्य १७ लाख २३ हजार भारु निर्धारण गरेको छ ।
सो मोटरसाइकल भारतका चार प्रमुख शहर नयाँ दिल्ली, बेंगलुरु, चेन्नई र पुणेमा मात्र उपलब्ध हुने बताइएको छ। बाइकका लागि बुकिङ मार्च १६ बाट सुरु भएको छ भने ग्राहकलाई डेलिभरी मार्च २०२६ को अन्त्यतिरबाट सुरु गरिने कम्पनीले जनाएको छ।
नयाँ डेस्मो४५० एमएक्स शक्तिशाली, हलुका र अफ–रोड ट्र्याकमा सहज रूपमा चलाउन मिल्ने मोटोक्रस बाइकका रूपमा तयार गरिएको छ। यसमा ४४९.६ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६३.५ हर्स पावर र ५३.५ एनएम टर्क उत्पादन गर्छ। यसको अधिकतम रेभ सीमा ११९०० आरपीएम रहेको छ ।
सो मोटोक्रस बाइकको तौल इन्धनबिना १०४.८ किलोग्राम रहेको छ । यही कारणले अफरोड यात्रा र एड्भेन्चर एक्टिभिटीका लागि सो बाइक उपयुक्त मानिन्छ । बाइकको फ्रन्टमा ४९ एमएमको एडजस्टेबल शोवा फ्रन्ट फोर्क र पछाडि मोनोशक सस्पेन्सन जडान गरिएको छ । ब्रेकिङ सिस्टमका लागि फ्रन्टमा २६० एमएम र रियरमा २४० एमएम डिस्क ब्रेक जडान गरिएको छ । साथै, बाइकमा पिरेली स्कोर्पियन एमएक्स३२ अफरोड टायर जडान गरिएको छ ।
सो बाइक टेक्नोलोजीका हिसाबले पनि विशेष मानिन्छ। यो विश्वकै पहिलो मोटोक्रस बाइक हो जसमा ट्र्याक्सन कन्ट्रोल, क्विकशिफ्टर र इन्जिन म्याप जस्ता सुविधा समावेश गरिएको छ । यसलाई विश्व प्रसिद्ध एमएक्सजीपी वर्ल्ड च्याम्पियनसिपका प्रतिस्पर्धात्मक ट्र्याकमा परीक्षण र विकास गरिएको हो ।
काठमाडौं– ४ दिनपछि सुरु हुने नडा अटो शोमा यसपटक दुई नयाँ ब्राण्डका...
सीएफ मोटोको प्रिमियम मोटरसाइकल एमटी ४५० नेपाल भित्रिएको १ वर्ष पुरा भएको छ...
काठमाडौं – सीएफमोटोको नेपालका लािग आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...