बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
केएनके कार्ट्सले भारतमा आफ्नो नयाँ मिनी बाइक लन्च गरेको छ । भारतमै विकास गरिएको सो बाइक अफ–रोड र क्लोज सर्किटको लागि डिजाइन गरिएको हो । बाइकको मूल्य ५० हजार भारु निर्धारण गरिएको छ ।
केएनके मिनी बाइक बेस्पोक चेसिसमा आधारित छ, जसमा ८० सीसी इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ४ ४ बिएचपी पावर उत्पादन गर्दछ भने बाइकको तौल जम्मा ४० किलोग्राम मात्र छ ।
मिनी बाइकमा अगाडि ट्रेलिङ–लिङ्क सस्पेन्सन र पछाडि मोनोशक भएको सिंगल साइडेड ट्यूबलर फोर्क राखिएको छ । साथै, यसको दुबै चक्कामा मेकानिकल केबल–एक्चुएटेड डिस्क ब्रेक जडान गरिएको छ ।
मिनी बाइकको डिजाइन सरल छ । यसमा एकल सिट, यू–आकारको ह्यान्डलबार, सानो इन्धन ट्याङ्की र उठाइएको फेन्डरहरू उपलब्ध गराइएको छ । एलईडी हेडल्याम्पमा सुसज्जित यस बाइमा ओभरसाइज्ड अफ–रोड टायर दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...