रोयल इन्फिल्डले एक वर्षमा नेपालमा बेच्यो करिव १२ हजार मोटरसाइकल, सेगमेन्ट लिडरको फाइदा लिदै
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...
रोयल इनफिल्डले ५ वर्षमा ६ लाख भन्दा बढि मेटियर ३५० बिक्री गरेको घोषणा गरेको छ । नोभेम्वर २०२० मा लन्च भएको यस मोटरसाइकलले विश्व वजारमा आफ्नो प्रभाव विस्तार गर्दै लगेको छ ।
मेटियर ३५० ब्रान्डको जे सिरिज प्लेटफर्म प्रयोग गर्ने पहिलो मोडल समेत हो । उक्त प्लेटफर्मलाई कम्पनीले अहिले क्लासिक ३५०, बुलेट ३५०, हन्टर ३५० र गोआन क्लासिक ३५० जस्ता मोडलमा समेत प्रयोग गर्दै आएको छ ।
यस बाइकमा ३४९ सीसी, एयर र आयल कूल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपीएममा २०.२ बीएचपी र ४,००० आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई स्लिपर क्लच मार्फत ५–स्पीड गियरबक्समा जोडिएको छ ।
मेटियर ३५० मा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ट्रिपर नेभिगेसन पोड, एलईडी लाइटिङ, यूएसबी टाइप–सी चार्जिङ पोर्ट र एड्जस्टेवल लिभर जस्ता फिचर पाउन सकिन्छ ।
भारत लगायत विश्वका अन्य देशहरुमा जस्तै नेपाली बजारमा समेत मेटियर ३५० लोकप्रिय बनिरहेको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले हाल यसलाई नेपालमै एसेम्बल गरी बिक्रीवितरण गरिरहेको छ ।
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...
रोयल इनफिल्डले आफ्नो नयाँ पुस्ताको २५० सिसी मोटरसाइकलमा चिनियाँ...
रोयल इन्फिल्डको बहुप्रतीक्षित इलेक्ट्रिक बाइक हिमालयन इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...