सुजुकी ब्रेजाको भारतमा १० वर्ष पूरा, १४ लाख युनिट बिक्री

मारुती सुजुकीले भारतीय बजारमा आफ्नो लोकप्रिय एसयूभी ब्रेजा लन्च गरेको १० वर्ष पूरा भएको छ । कम्पनीले सन् २०१६ मा लन्च गरिएको सो कम्प्याक्ट एसयूभीले छोटो समयमै ठुलो लोकप्रियता हासिल गरेको थियो र हालसम्म भारतमा यसको १४ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ।

ब्रेजाले हाल भारतमा कम्प्याक्ट एसयूभी सेगमेन्टमा कुल सवारी साधन बजारको करिब ३१ प्रतिशत हिस्सा ओगटेको छ । विगत एक दशकदेखि ब्रेजा निरन्तर भारतका सबैभन्दा धेरै बिक्री हुने शीर्ष १० सवारी साधनको सूचीमा स्थान बनाउन सफल भएको छ।

कम्पनीका अनुसार यो सेगमेन्टमा करिब ५६ प्रतिशत ग्राहकहरू ब्रेजालाई नै आफ्नो पहिलो रोजाइको रूपमा लिएको जानकारी दिइएको छ । सुरुवातको वर्षमै सो मोडलले ठुलो सफलता हासिल गरेको थियो । पहिलो वर्षमै यसले २८ भन्दा बढी प्रमुख अटोमोटिभ पुरस्कार जितेको थियो, जसमा प्रतिष्ठित ‘भारतीय वर्षको उत्कृष्ट कार’ पुरस्कार पनि समावेश रहेको थियो ।

हाल उपलब्ध ५ सिटर ब्रेजामा १.५ लिटर के १५ सी ड्युअलजेट पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले १०३ पीएस पावर र १३७ एनएम टर्क उत्पादन गर्छ। यसमा ५ स्पिड म्यानुअल गियरबक्स र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स विकल्प उपलब्ध छ । यसमा इन्धन खपत कम गर्न स्मार्ट हाइब्रिड प्रविधि प्रयोग गरिएको छ भने कारखानाबाटै जडान गरिएको सिएनजी संस्करण पनि उपलब्ध छ।

आकारका हिसाबले ब्रेजाको लम्बाइ ३९९५ एमएम, चौडाइ १७९० एमएम र उचाइ १६८५ एमएम  रहेको छ भने यसको ह्विलबेस २५०० एमएम छ । यसले १९८ एमएम ग्राउन्ड क्लियरेन्स र ३२८ लिटर बुट स्पेस प्रदान गर्छ । गाडीको क्याबिनमा ९ इन्चको स्मार्टप्ले प्रो प्लस टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा तथा सेगमेन्टमै पहिलो पटक प्रयोग गरिएको हेड अप डिस्प्ले जस्ता फिरच उपलब्ध छ ।

सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड असिस्ट जस्ता फिचर दिइएको छ । कम्पनीले हाल ब्रेजाको अपडेट भर्सनमा पनि काम गरिरहेको छ, जसमा केही बाह्य कस्मेटिक परिवर्तन, अन्डरबडी सिएनजी ट्याङ्कको नयाँ पोजिशनिङ तथा ६ स्पिड म्यानुअल गियरबक्स समावेश हुन सक्ने अपेक्षा गरिएको छ।

भारतमा जस्तै नेपाली बजारमा समेत ब्रेजालाई निकै रुचाइको छ । सुजुकीको नेपाली बजारमा उपलब्ध विभिन्न कारमा सर्बाधिक बिक्री हुने मोडलका रुपमा ब्रेजा परिचित छ । नेपाली बजारमा यसको ११ वटा भेरिएन्ट उपलब्ध छ, जसको मूल्य ४६ लाख ४९ हजारदेखी ६५ लाख २९ हजार रुपैयाँसम्म निर्धारण गएिको छ ।

सम्बन्धित समाचारहरू

नयाँ क्रसभोरले सुजुकी बलेनोको बजार कब्जा गर्ने अनुमान

नयाँ क्रसभोरले सुजुकी बलेनोको बजार कब्जा गर्ने अनुमान

मारुती सुजुकीको नयाँ क्रसओभर कार फ्रोङ्क्स लन्च हुनुभन्दा अघि नै ७...

फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिने मारुती वागन आर इलेक्ट्रिक कार, फेरि देखियो परीक्षणमा

फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिने मारुती वागन आर इलेक्ट्रिक कार, फेरि देखियो परीक्षणमा

मारुती सुजुकीले भारतीय बजारमा नयाँ मोडलको कार लन्च गर्ने तयारी अवस्थामा...

अब भारतमा पनि कारको सेफ्टी रेटिङ गरिने, कारले परीक्षणका आधारमा सेफ्टी रेटिङ पाउने

अब भारतमा पनि कारको सेफ्टी रेटिङ गरिने, कारले परीक्षणका आधारमा सेफ्टी रेटिङ पाउने

भारतमा एनसीएपी (न्यू कार एसेसमेन्ट प्रोग्राम) सुरु हुने भएको छ । भारतका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...