ब्राजिलमा वार्षिक २ लाख सवारीसाधन उत्पादन गर्ने नयाँ प्लान्ट खोल्दै ग्रेटवाल मोटर्स

काठमाडौं–चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स(जीडब्लूएम)ले ब्राजिलमा वार्षिक २ लाख सवारी उत्पादन क्षमताको नयाँ प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ ।

नयाँ प्लान्टले करिब १७ लाख वर्गमिटर क्षेत्र ओगट्ने वताइएको छ । यस सुविधामा स्ट्याम्पिङ, वेल्डिङ, पेन्टिङ र एसेम्बली सहितको पूर्ण उत्पादन लाइन हुनेछ ।

सो नयाँ प्लान्ट संचलानमा आएपछि यसले सुरुवाती चरणमै ३ हजार ५०० रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । कारखाना सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० हजारसम्म रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

ग्रेटवाल मोटर्सले ब्राजिलमा १० अर्ब ब्राजिलियन रियाल (करिब २ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको छ । कम्पनीले ब्राजिलमा यसअघि मर्सिडिज–बेन्जको प्लानट खरिद गरेको थियो । ग्रेटवाल मोटर्सबाहेक बिवाईडी, चेरीजस्ता अन्य प्रमुख चिनियाँ अटो कम्पनीले पनि ब्राजिलमा प्लान्ट लगाएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...