जिप मेरिडियनको स्पेशल ‘ट्रयाक’ एडिसन लन्च, यस्तो छ मूल्य र विशेषता

जिप इन्डियाले आफ्नो लोकप्रिय ७ सिटर प्रिमियम एसयूभी मेरिडियनको स्पेशल ट्र्याक एडिशन लन्च गरेको छ। लिमिटेड संख्यामा उपलब्ध हुने सो मोडल मेरिडियनको टप स्पेक ओभरल्याण्ड ट्रिममा आधारित रहेको छ। नयाँ संस्करणमा बाहिरी तथा भित्री दुवै भागमा आकर्षक कस्मेटिक परिवर्तन गरिएको छ ।

जिप मेरिडियन ट्र्याक संस्करण ४x२ र ४x४ दुवै भेरिएन्टमा उपलब्ध गराइएको छ। ४x२ अटोमेटिक भेरिएन्टको मूल्य ३५ लाख ९५ हजार र ४x४ अटोमेटिक भेरिएन्टको मूल्य ३७ लाख ८२ हजार भारु निर्धारण गरिएको छ । कम्पनीले डिलरशिप तथा अनलाइन दुवै माध्यमबाट बुकिङ खुल्ला गरिसकेको छ। साथै, यसमा ग्राहकले ९ हजार २०० भारुमा एएक्सएस प्याक पनि अनिवार्य रूपमा खरिद गर्नुपर्नेछ।

एक्टेरियर डिजाइनमा गाडीको फ्रन्ट ग्रिल, ब्याज तथा बाहिरी मोल्डिङ कालो रङमा प्रस्तुत गरिएको छ । हुडमा नयाँ ग्राफिक डेकल राखिएको छ भने टेलगेटमा ट्र्याक संस्करणको विशेष ब्याजिङले यसलाई फरक पहिचान दिएको छ।

यसको इन्टेरियरमा उल्लेखनीय परिवर्तन देख्न सकिन्छ । ड्यासबोर्डमा कन्ट्रास्ट स्टिचिङ सहितको प्रिमियम सुएड ट्रिम प्रयोग गरिएको छ। सिटमा ड्युअल टोन लेदरेट र क्विल्टेड स्टिचिङसँगै सुएड अपहोल्स्ट्री राखिएको छ। क्याबिनमा डार्क एस्प्रेसो एक्सेन्ट र पियानो ब्ल्याक बेजेल प्रयोग गरिएको छ। भुइँका म्याट र ड्यासबोर्डमा ट्र्याक संस्करणको चिन्ह समावेश गरिएको छ भने स्टेयरिङ ह्विल कोर्टिना लेदरले बेरिएको छ।

यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा अल्पाइन अडियो सिस्टम उपलब्ध छ । साथै प्यानोरामिक सनरुफ, मेमोरी फङ्सनसहितका भेन्टिलेटेड फ्रन्ट सिट र नयाँ स्लाइडिङ मिडल रो फंक्शन सिटको सुविधा पनि दिइएको छ।

गाडीमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन प्रयोग गरिएको छ, जसले १७० एचपीको पावर र ३५० एनएमको टर्क उत्पादन गर्छ । यसको इन्जिनलाई ९ स्पिड टर्क कन्वर्टर अटोमेटिक गियरबक्ससँग जोडिएको छ । कम्पनीले सो मोडलसँग जीप कन्फिडेन्स ७ प्रोग्राम पनि उपलब्ध गराएको छ, जसअन्तर्गत ७ वर्षको वारेन्टी, रोडसाइड असिस्टेन्स तथा मेन्टेनेन्स प्याकेज समावेश छ ।

सुरक्षाको लागि ट्र्याक संस्करण लेभल–२ एडासले सुसज्जित छ। यसमा लेन किप असिस्ट, अडेप्टिभ क्रुज कन्ट्रोल तथा इमरजेन्सी ब्रेकिङ जस्ता फिचर उपलब्ध छ । साथै यसमा डिस्क ब्रेक, मल्टिपल एयरब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता सेफ्टी फिचर समावेश गरिएको छ ।

भारतीय बजारमा सो एसयूभीले टोयोटा फर्च्युनर, स्कोडा कोडियाक, एमजी ग्लोस्टर तथा एमजी मेजेस्टी जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु, यसरी पुग्न सकिन्छ

चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु, यसरी पुग्न सकिन्छ

काठमाडौँ – काठमाडौँको चोभार स्थित मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन...

जीप मेरिडियनको फेसलिफ्ट भर्सन आउँदै, भारतमा परिक्षण सुरु

जीप मेरिडियनको फेसलिफ्ट भर्सन आउँदै, भारतमा परिक्षण सुरु

जीपले भारतमा मेरिडियनको फेसलिफ्ट लन्च गर्ने तयारी थालेको छ । यसै वर्षको...

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...