ट्राफिक व्यवस्थापनमा खटिए निर्वाचन प्रहरी

काठमाडौँ–निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ उपत्यकामा सवारी चाप बढ्दै गएको छ । नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानीका विभिन्न चोक–चोकमा ट्राफिक व्यवस्थापनमा केही कठिनाइ देखिएको थियो ।

बढ्दो जामलाई नियन्त्रण गर्न अहिले निर्वाचन प्रहरीहरू पनि सडक ट्राफिक व्यवस्थापनमा खटिएका छन् ।उनीहरूले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज आवागमन गराउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार निर्वाचन नजिकिएसँगै केही ट्राफिक प्रहरीलाई काठमाडौँ बाहिर पठाइएकाले उपत्यकामा जनशक्ति कम देखिएको हो ।

निर्वाचन प्रहरीहरू पनि विभिन्न स्थानमा प्रहरीसँगै परिचालन गरिएको छ र सोही समयमा सडक जाम भएको बेला उनीहरूले ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका हुन् ।

सम्बन्धित समाचारहरू

टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी

टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी

रसुवा – रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय...

रातमा समेत ट्राफिक प्रहरीको गति नियन्त्रण अभियान, नाइट भिजन लेजर स्पिड गनको प्रयोग

रातमा समेत ट्राफिक प्रहरीको गति नियन्त्रण अभियान, नाइट भिजन लेजर स्पिड गनको प्रयोग

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका...

चन्द्रागिरिमा सवारी साधनको निःशुल्क परीक्षण सम्पन्न

चन्द्रागिरिमा सवारी साधनको निःशुल्क परीक्षण सम्पन्न

काठमाडौं – काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...