१,२०० रुपैयाँमै अब लक्जरी बसमा पोखरा–काठमाडौंको यात्रा

पोखरा – गण्डकी प्रदेशमै पहिलोपल्ट युरो सिक्स अर्थात बीएस६ मापदण्डको भल्वो आइसर ब्रान्डका लक्जरी बस चल्ने भएका छन् । भीई कमर्सियल भेइकलको नेपालका लागि आधिकारिक वितरकको रुपमा अटोवेज प्रालिले आयात गरेका ६ वटा बस स्विफ्ट होलिडेज प्रालिले सञ्चालनमा ल्याएको छ ।

अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले स्विफ्ट होलिडेजका प्रबन्धक निर्देशक मिलन नेपाललाई बसको साँचो हस्तान्तरण गरे । प्रतियात्रु १ हजार २ सय रुपैयाँ भाडादरमा पोखरा–काठमाडौं र काठमाडौं–पोखरा रुटमा हाल ६ वटा बस सञ्चालन गरिएको छ ।

४० सिट क्षमताको यस गाडीले पोखरा–काठमाडौंको यात्रा समय घटाउने दाबी गरे । उनका अनुसार, ५ घण्टामै पोखराबाट काठमाडौं पुगिनेछ ।

प्रति बस करिब १ करोड ३० लाख रुपैयाँ मूल्यका यी बस राज्यको नीतिअनुसार १० वर्षसम्म बिक्री गर्न नपाउने र ४० सिटको मापदण्डमा आयात गरिएका हुन् । युरो सिक्स मापदण्डका यी सवारी साधनले कम उत्सर्जन, उन्नत इन्जिन प्रविधि र उच्च सुरक्षा सुविधा प्रदान गर्ने भएकाले नेपालको वातावरणमैत्री यातायातमा महत्त्वपूर्ण कदम भएको अटोवेजका अध्यक्ष नारायण पौडेलले बताए ।

स्विफ्ट होलिडेजका प्रबन्धक निर्देशक नेपालले कम्पनीको आठौं वर्षको अवसरमा यो बस भित्र्याएको जानकारी दिए । सन् २०१८ देखि काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा सेवा दिँदै आएको यस कम्पनीले अब दिवा र रात्रिकालीन सेवा विस्तार गर्ने योजना बनाएको छ ।

हाल करिब ४० वटा सवारी साधन सञ्चालन गर्दै आएको कम्पनीको फ्लिटमा टोयोटा कोस्टर, टोयोटा हायस, अशोक लेल्यान्ड र टाटा मोटर्सका सवारी साधन समेत रहेका छन् ।

सम्बन्धित समाचारहरू

नेपालकै सबैभन्दा ठूलो बस व्यवसायी समितिलाई डेलिभरी गरियो भल्वो आइसरको म्याजेस्टिक

नेपालकै सबैभन्दा ठूलो बस व्यवसायी समितिलाई डेलिभरी गरियो भल्वो आइसरको म्याजेस्टिक

लङ रुट इन्टर–सिटी ट्राभलका लागि उपयुक्त भल्वो आइसरको १२ मिटर च्यासिस...

भल्वो आइसरको दक्षिण एसियाकै बेस्ट डिस्ट्रिब्युटर बन्यो बतास एमएडब्लु कमर्सियल भेइकल्स

भल्वो आइसरको दक्षिण एसियाकै बेस्ट डिस्ट्रिब्युटर बन्यो बतास एमएडब्लु कमर्सियल भेइकल्स

काठमाडौं – नेपालमा भल्वो आइसरका सवारी साधनको आधिकारिक वितरक बतास एमएडब्लु...

आइसर नेसनल मेगा सर्भिस क्याम्प हुने, ग्राहकहरूलाई विशेष छुट

आइसर नेसनल मेगा सर्भिस क्याम्प हुने, ग्राहकहरूलाई विशेष छुट

काठमाडौं – बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सले आइसर ग्राहकहरूका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...