ललितपुरमा ट्रायम्फ र केटीएमको नयाँ मल्टी–ब्रान्ड शोरूम सञ्चालनमा
ललितपुर – ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँ...
केटीएम इन्डियाले भारतीय बजारमा २०२६ संस्करणको केटीएम २०० ड्युक आधिकारिक रूपमा लन्च गरेको छ। कम्पनीले नयाँ मोडललाई २ लाख भारु भन्दा कम मूल्यमा बजारमा उतारेको हो।
२०२६ केटीएम २०० ड्युकको सबैभन्दा ध्यानाकर्षक परिवर्तन यसको नयाँ एट्लान्टिक ब्लु रङ संयोजन हो। ब्लु कलरलाई ओरेन्ज कलरले सन्तुलित बनाएको छ, जसले केटीएमको परम्परागत आक्रामक डिजाइन निरन्तरता दिएको छ।
कम्पनीले नयाँ मोडलमा केही महत्वपूर्ण सुधार गरेको छ। यसले ३९० ड्युकबाट लिइएका नयाँ हलुका अलोय ह्विल समावेश गरेको छ। फ्रन्टको डिस्क ब्रेकको आकार ३०० एमएमबाट बढाएर ३२० एमएम बनाइएको छ । मोटरसाइकलमा ड्युअल च्यानल एबीएस सिस्टम यथावत् राखिएको छ भने सुपरमोटो एबीएस सुविधा पनि उपलब्ध छ ।
बाइकको सस्पेन्सनमा पनि परिवर्तन गरिएको छ। फ्रन्टको भागमा अब ३७ एमएम डब्ल्यूपी एपेक्स यूएसडी फोर्क प्रयोग गरिएको छ, जुन अघिल्लो ४३ एमएम फोर्कभन्दा फरक छ। ग्रेब रेल र रियर फुटपेग पुनः डिजाइन गरिएको छ । साथै, पछाडिको टायरको चौडाइ १५० सेक्सनबाट घटाएर १४० सेक्सन गरिएको छ।
यद्यपि यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन। यसमा १९९ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिनले १०,००० आरपीएममा २५ पीएस पावर र ८,००० आरपीएममा १९.३ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ।
मोटरसाइकलमा टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी तथा स्मार्टफोन इन्टिग्रेशनजस्ता फिचर समावेश छ । तर क्रुज कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल भने यस संस्करणमा समावेश गरिएको छैन।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...