बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चेरी अटोमोबाइलले विश्वकै पहिलो डिजेल–हाइब्रिड पावरट्रेन भएको पिकअप ट्रक लन्च गर्ने भएको छ । चेरीले यस वर्षको चौथो त्रैमासिकमा अष्ट्रेलियामा पहिलो डिजेल प्लग–इन–हाइब्रिड पिकअप ट्रक लन्च गर्ने तयारी गरेको हो ।
कम्पनीले यसको कोडनेम केपी३१ दिएको छ, जसलाई चीनमा यसअघि नै रिलाई पी३एक्स नाम दिएर सार्बजनिक गरिएको थियो । कम्पनीले रिलाई पिकअप ट्रक मोडेलको विस्तृत रेन्जसहित स्वतन्त्र ब्रान्डमा परिणत गर्न चाहेको खुलासा समेत गरेको छ ।
चेरीका अनुसार, केपी३१ ५ हजार ६१० मिमी लम्बाई भएको बक्सी स्टाइलिङ, गोलाकार हेडलाइट, ठूला बम्पर र बढडी वरिपरि प्लास्टिक ट्रिम भएको ठूलो डुअल–क्याब युट हो । झट्ट हेर्दा यो जीप ग्लेडिएटर जस्तै देखिएपनि यसमा गुडरिच एटी टायर, ठूला साइड–भ्यू मिरर, परम्परागत डोर ह्यान्डल र ठूलो उज्यालो चेरी ब्याज प्रयोग गरिएको छ ।
सो नयाँ पिकअपमा २.५ लिटर आन्तरिक दहन इन्जिन जडान गरिने जानकारी बाहिर आएपनि इलेक्ट्रिक भागको बारेमा उल्लेख गरिएको छैन । यद्यपि, केपी३१ को डिजेल–हाइब्रिड प्लेटफर्म परम्परागत फोर ह्विल ड्राइभ सिस्टम र फ्रेममा आधारित हुने अनुमान गरिएको छ । सो नयाँ पिकअप ट्रकमा १ टन पेलोड र ३.५ टन टोइङ क्षमता हुने चेरीले वाचा गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...