जिप मेरिडियनको स्पेशल ‘ट्रयाक’ एडिसन लन्च, यस्तो छ मूल्य र विशेषता
जिप इन्डियाले आफ्नो लोकप्रिय ७ सिटर प्रिमियम एसयूभी मेरिडियनको स्पेशल...
जिप इन्डियाले आफ्नो प्रिमियम सात सिटे एसयूभी मेरिडियनको नयाँ लिमिटेड एडिसन मोडल मेरिडियन ट्र्याक संस्करण लन्च गरेको छ। कम्पनीले यसलाई अहिलेसम्मकै सबैभन्दा आरामदायी मेरिडियन भएको दाबी गरेको छ।
सो नयाँ संस्करण मेरिडियन ओभरल्याण्डमा आधारित लिमिटेड एडिसन एसयूभी हो। बाहिरी डिजाइनतर्फ हेर्दा हुडमा सिग्नेचर डेकल, विशेष ट्र्याक संस्करण ब्याज, पियानो कालो बाहिरी मोल्डिङ र १८ इन्चका डायमन्ड–कट ह्विल जस्ता विशेषताले यसलाई फरक पहिचान दिएको छ । यसको इन्टेरियरमा डार्क एस्प्रेसो र स्प्रस बेज फिनिशसहित टुपेलो स्टिचिङ र क्विल्टिङ प्रयोग गरिएको छ । स्टेयरिङ ह्विलमा कोर्टिना लेदर प्रयोग गरिएको छ भने ट्र्याक संस्करणका विशेष ग्राफिक्सले यसलाई अझै विशिष्ट बनाएको छ।
यसमा १२ वे पावर्ड भेन्टिलेटेड फ्रन्ट सिट, १०.१ इन्चको युकनेक्ट ५ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट उपलब्ध छ। साथै १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, अल्पाइन अडियो सिस्टम, ड्युअल पेन प्यानोरामिक सनरुफ, लेभल २ एडास सिस्टम, ३६० डिग्री क्यामेरा र मल्टीपल एयरब्याग पनि समावेश गरिएको छ ।
नयाँ मेरिडियन ट्र्याक संस्करणमा जिप कन्फिडेन्स ७ प्रोग्रामसमेत उपलब्ध गराइएको छ । यसअन्तर्गत ७ वर्षको वारेन्टी, एश्योर्ड बाईब्याक, मेन्टिनेन्स प्याकेज, रोडसाइड असिस्टेन्स तथा प्रायोरिटी सेवा समावेश छ ।
मेरिडियन ट्र्याक अटोमेटिक भेरिएन्टको मूल्य ३५ लाख ९५ हजार भारु तोकिएको छ भने अटोमेटिक फाेर ह्विल ड्राइभ भेरिएन्टको मूल्य ३७ लाख ८२ हजार भारु रहेको छ। यी दुवै मूल्यमा ९ हजार २०० भारुको अनिवार्य एएक्सएस प्याक थप रूपमा लागू हुनेछ।
जिप इन्डियाले आफ्नो लोकप्रिय ७ सिटर प्रिमियम एसयूभी मेरिडियनको स्पेशल...
अमेरिकन अटो निर्माता जीपले आफ्नो लोकप्रिय एसयूभी कम्पसालाई पेट्रोल...
जिपले आफ्नो सर्बाधिक सफल मोडल कम्पासलाई इलेक्ट्रिक भर्सनमा ल्याउने भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...