बतास–एमएडब्लु कमर्सियल भेइकलले इटहरीमा खोल्यो भल्भो–आइसरको अत्याधुनिक थ्रीएस सुविधा

इटहरी । भल्भो–आइसरको नेपालका लागि आधिकारिक वितरक बतास–एमएडब्लु कमर्सियल भेइकल प्रालिले पूर्वी नेपालमा भल्भो–आइसरका ग्राहकहरूलाई लक्षित गर्दै इटहरी नजिकै सुनसरीको रामधुनी नगरपालिका–तित्रिबनमा अत्याधुनिक आइसर थ्रीएस (सेल्स, सर्भिस र स्पेयर्स) सुविधा सञ्चालनमा ल्याएको छ।

उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उपमेयर श्रीमती तारा थापा, एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास–एमएडब्लु कमर्सियल भेइकल्सका प्रबन्ध निर्देशक शान्ता राज बतास, भीई कमर्सियल भेइकल्स (भीईसीभी) का इन्टरनेसनल बिजनेस हेड तथा सिनियर भाइस प्रेसिडेन्ट अमन अरोरा लगायत उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), सीएनआई, अटोमोबाइल संघसंस्थाका प्रतिनिधि, बैंकर्स, एमएडब्लु ग्रुपका वरिष्ठ अधिकारी, ग्राहक तथा व्यावसायिक साझेदारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै एमएडब्लु इन्टरप्राइजेज प्रालिका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिकले रामधुनी/इटहरीमा नयाँ थ्रीएस सुविधा सञ्चालनमा ल्याउनु कम्पनीको दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि भएको बताए। “यो सुविधा मार्फत हामी विश्वस्तरीय उत्पादन, व्यावसायिक आफ्टर–सेल्स सर्भिस तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं,” उनले बताए। साथै उनले उक्त थ्रीएस फ्यासिलिटीको संरचना र इटहरी टिमको परिचय समेत गराएका थिए।

नयाँ थ्रीएस सेन्टरमा दक्ष प्राविधिक, अत्याधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स केन्द्र रहेको छ, जसले सवारी साधनको मर्मत समय घटाउँदै अधिकतम अपटाइम सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

रामधुनी नगरपालिकाकी उपमेयर श्रीमती तारा थापाले नयाँ डिलरशिप उद्घाटनप्रति खुशी व्यक्त गर्दै यसले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याउने बताइन्। “यस प्रकारका आधुनिक लगानीले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रको अटोमोबाइल र आर्थिक इकोसिस्टमलाई थप मजबुत बनाउनेछ,” उनले भनिन्।

एमएडब्लु ग्रुप तथा बतास–एमएडब्लु कमर्सियल भेइकल्सका अध्यक्ष विष्णु कुमार अग्रवालले ग्रुपको संस्थागत विकास र अनुशासित विस्तार रणनीतिबारे प्रकाश पार्दै भने, “यो डिलरशिप केवल नयाँ स्थान मात्र होइन, यो यस क्षेत्रको भविष्यको मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण हो। हामीले उन्नत प्रणाली, दक्ष जनशक्ति र ग्राहक–केन्द्रित प्रक्रियामा लगानी गरेका छौं।”

भीई कमर्सियल भेइकल्सका सिनियर भाइस प्रेसिडेन्ट अमन अरोराले एमएडब्लु–भीईसीभी साझेदारीको मजबुतीबारे चर्चा गर्दै नेपालमा बलियो आफ्टर–सेल्स सपोर्ट र ग्राहक सेवा कम्पनीको प्रमुख रणनीति रहेको बताए। उनले भल्भो–आइसर संयुक्त उद्यमको शक्ति उल्लेख गर्दै बीएस६ सिरिज तथा प्रो एक्स सिरिज जस्ता आगामी दिनमा उपलब्ध हुन एड्भान्स्ड प्रोडक्टको झलक पनि प्रस्तुत गरे।

बतास–एमएडब्लु कमर्सियल भेइकल्सका म्यानेजिङ डाइरेक्टर शान्ता राज बतासले भने, “यो उद्घाटनसँगै भल्भो–आइसरसँग सहकार्य गर्दै बतास–एमएडब्लुले नेपालभर आफ्नो नेटवर्क विस्तार गर्दै ग्राहकलाई गुणस्तरीय उत्पादन, भरपर्दो सेवा र विश्वासिलो सपोर्ट अझ नजिक ल्याएको छ।”

पूर्वी नेपालको प्रमुख व्यापारिक तथा लजिस्टिक्स करिडोरमा रणनीतिक रूपमा अवस्थित सो थ्रीएस सुविधाले सवारी बिक्री, आधुनिक सर्भिस पूर्वाधार र जेन्युइन स्पेयर पार्ट्स एकै छानामुनि उपलब्ध गराउँदै ग्राहकलाई समग्र र सहज सेवा अनुभव प्रदान गर्नेछ।

उद्घाटन समारोह सवारी साधन प्रदर्शन तथा नेटवर्किङ कार्यक्रमसँगै सम्पन्न भएको थियो, जसमा अटोमोबाइल क्षेत्रका सरोकारवाला तथा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित समाचारहरू

आइसरका बीएस६ गाडी नेपाल भित्रिदै, छिट्टै बुकिङ खुला हुने

आइसरका बीएस६ गाडी नेपाल भित्रिदै, छिट्टै बुकिङ खुला हुने

काठमाडौं – भल्वो आइसरको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लु...

सामाजिक अभियान संचालन गरेर बतास एमएडब्लूले मनायो तेस्रो वार्षिकोत्सव

सामाजिक अभियान संचालन गरेर बतास एमएडब्लूले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौं– बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त...

१,२०० रुपैयाँमै अब लक्जरी बसमा पोखरा–काठमाडौंको यात्रा

१,२०० रुपैयाँमै अब लक्जरी बसमा पोखरा–काठमाडौंको यात्रा

पोखरा – गण्डकी प्रदेशमै पहिलोपल्ट युरो सिक्स अर्थात बीएस६ मापदण्डको भल्वो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...