पोखरा रंगशालामा रोड रेसिङ च्याम्पियनसिपको आज क्वालिफाइङ राउन्ड चल्दै
काठमाडौं – आज र भोलि शनिबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ च्याम्पियनसिप...
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एक्सपल्स राइडर क्लबको हालै सम्पन्न साधारण सभाद्वारा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका बीच बधाई तथा सुभकामना दिएको छ ।
संघको कार्यालय सातदोबाटो, ललितपुरमा सम्पन्न सो कार्यक्रममा संघका अध्यक्ष दसरथ रिसालले बधाइ दिँदै नासा नेपाल क्लबहरुको विकासमा सदैव सहयोगी बन्ने बताए । त्यस्तै कार्यकारी निर्देशक गोविन्द भट्टराईले क्लबको प्रगति रिपोर्ट र आगामी कार्ययोजनाको आधारमा संघले तत्कालीन र दीर्घकालीन सहयोग गर्न सकिने बताए ।
नव निर्वाचित अध्यक्ष सुवर्ण श्रेष्ठले क्लबको योजना र नासा नेपालको गरिएको अपेक्षाको बारेमा आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा नासा नेपालका स्पोर्ट एण्ड इभेन्ट अफिसर अंकित भण्डारीले संघको क्यालेण्डरमा क्लबको सहभागिता बारेमा तथा क्लबका उपाध्यक्ष पुरुषोत्तम राई र महासचिव सन्जिब राम श्रेष्ठले क्लबको बिधान, उद्देश्य र नाम परिवर्तन लगायतमा आफ्नो धारणा राराखेका थिए ।
गत चार वर्ष अघि स्थापित नेपालको मोटोक्लबको रुपमा स्थापित सो राइडर्स क्लबको साधरण सभा तथा निर्वाचन गत हप्ता काठमाडौमा सम्पन भएको थियो । मोटो टुरिङमा नेपालभरि र पर्यटकिय क्षेत्रमा लोकप्रिय उक्त क्लबका संस्थापक अध्यक्ष कुन्दन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले सुवर्ण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
क्लब को उपाध्यक्ष्यमा पुरुषोत्तम राई, महासचिव सन्जिब राम श्रेष्ठ, र कोषाध्यक्षमा सनोज महर्जनलाई चयन गरिएको थियो । त्यसैगरी, क्लवका सदस्यहरुमा मनोज थापा, हरी श्रेष्ठ, श्याम कृष्ण बलामी, सरोज महर्जन र दुर्गा श्रेष्ठ निर्विरोध चयन भएका थिए । सल्लाहाकारमा किरण बज्रचार्य, कमला गिरी, एक नारायण महर्जन, हरि आचार्य, अनिश बुढाथाकी र युवराज पन्थीलाई मनोनयन गरिएको थियो ।
काठमाडौ कार्यक्षेत्र रहने गरी बागमति प्रदेश खेलकुद विकास परिषदमा दर्ता भएको सो क्लबले मोटरसाइकल क्षेत्रमा रेसिङ, र्याली र टुरिङका विभिन्न तहका कम्तीमा आधा दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौं – आज र भोलि शनिबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ च्याम्पियनसिप...
काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा नेपाल रेसर कप २०२२ सम्पन्न...
नासा नेपाल बागमती प्रदेश संघ र चितवन अटोमोबाइल डिलर एसोसिएसनको संयुक्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...