सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड
काठमाडौं – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व...
चितवन। पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए तीन वर्षमै सम्पन्न भइसक्नुपर्ने थियो। तर तोकिएको अवधिमा ३७ प्रतिशत मात्र काम भएपछि आयोजनाको म्याद छ महिना थप गरिएको छ ।
विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी सडक ठेक्का सम्झौता गरिएको थियो। मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरणमा विभाजन गरी बोलपत्र आह्वान गरिएको थियो। तेस्रो चरणको म्याद पुस १५ मा सकिएपछि १८३ दिनका लागि म्याद थप गरिएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार डिजाइनको तथ्याङ्क गलत परेपछि सडकको नक्साङ्कन परिवर्तन गर्नुपरेको थियो। त्यसका कारण समयमा काम हुन नसकेपछि निर्माण कम्पनीलाई म्याद थप गरिएको हो।
निर्माण कम्पनीले सडक विस्तारका लागि आवश्यक क्षेत्र खाली हुन ढिलाइ भएको, रुख र विद्युत् खम्बा समयमै नसारिएको, निर्माण सामग्री सहज रूपमा उपलब्ध हुन नसकेको र सवारी साधनको चाप बढी भएकाले काम प्रभावित भएको जनाएको छ । हाल नक्साङ्कनसम्बन्धी समस्या समाधान गरिएको भए पनि अन्य विषयमा छलफल जारी रहेको आयोजनाले जनाएको छ ।
यस खण्डमा हालसम्म ३७ दशमलव ५ प्रतिशत काम सम्पन्न भएको छ। नौ किलोमिटरभन्दा बढी सडकमा कालोपत्र गरिएको छ। धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ भने फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी गरिएको छ ।
नाली, बेरियर, पुललगायत संरचना निर्माणको काम पनि विभिन्न स्थानमा भइरहेको छ। हाल दैनिक करिब १५० मजदुर परिचालन गरिएको छ । आयोजनाले थपिएको समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई काम तीव्र पार्न निर्देशन दिएको जनाएको छ ।
मुग्लिन–मलेखु खण्डको लम्बाइ ३८ दशमलव ८६ किलोमिटर छ। यसमध्ये दुई दशमलव दुई किलोमिटर सडक छ लेनको हुनेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा पर्दछ। सात दशमलव दुई किलोमिटर सडक चार लेनको बन्नेछ, जुन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौदी र विशालटार क्षेत्रमा पर्दछ ।
उकालो–ओरालो खण्डमा दुई दशमलव तीन किलोमिटर ‘क्लाइम्बिङ’ लेन निर्माण गरिनेछ । बाँकी सडक दुई लेनको हुनेछ ।
शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्डको स्तरोन्नति ठेक्का लिएको हो। सडकमा कालोपत्र, नाला निर्माण, पहिरो रोकथाम संरचना, भित्तो काट्ने, पर्खाल लगाउने र सडक सुरक्षासम्बन्धी काम अझै बाँकी छन्।
यो सडक विश्व बैंकको सहयोगमा निर्माण भइरहेको हो। काठमाडौँ प्रवेश र बाहिरिने मुख्य नाकामध्ये एक भएकाले यो खण्डलाई महत्वपूर्ण मानिन्छ ।
काठमाडौं – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व...
आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा...
काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको दुईवटा बाइपास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...