गुडिरहेको महिन्द्रा ईभीमा आगलागी, कम्पनीले के भन्यो ?

महिन्द्राले हालै लन्च गरेको बिद्युतीय कार बीई६ गुडिरहेकै अवस्थामा आगलागी भएको छ । भारत उत्तर प्रदेशको हापुर जिल्लामा सडकको बीचमा महिन्द्राको उक्त कार आगलागीमा परेको हो । गत आइतबार भएको उक्त आगलागी पछि यस घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यो घटनापछि, सर्ट सर्किटका कारण कारमा आगो लागेको अनुमान व्यापक भएको थियो । यद्यपि, महिन्द्राले कारको ब्याट्री आगलागीको कारण नभएको बताएको छ ।

कम्पनीले गाडीको सेन्सर र सफ्टवेयर डायग्नोस्टिक डेटलाई आधार मानेर यो घटना ईभी ब्याट्रीसँग सम्बन्धित नभएको धारणा बनाएको हो । प्रारम्भिक बडी परीक्षणले पनि यो पुष्टि गरेको उसको भनाई छ ।

महिन्द्राका अनुसार, गाडीको टायर अत्यधिक तातो भएको बारेमा स्क्रिनमा अलर्ट प्राप्त भएको थियो । त्यसपछि सिस्टमले सावधानीका रूपमा गाडीको गति घटाउँदा मानविय क्षति हुन पाएन । गाडीको गती घटेपछि चालक र यात्रु कारबाट सजिलै सकुशल बाहिर निस्किए र कोही पनि घाइते भएनन् ।

सम्बन्धित समाचारहरू

एनपीएलमा कर्णाली याक्सको मुख्य प्रायोजकमा अटोमोबाइल कम्पनी महिन्द्राको वितरक अग्नि ग्रुप

एनपीएलमा कर्णाली याक्सको मुख्य प्रायोजकमा अटोमोबाइल कम्पनी महिन्द्राको वितरक अग्नि ग्रुप

काठमाडौँ – आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कर्णाली याक्सले...

फर्मूला वान जस्तै देखिने गो कार्टमा दुध डेलिभरी, आनन्द महिन्द्राले गरे प्रशंसा

फर्मूला वान जस्तै देखिने गो कार्टमा दुध डेलिभरी, आनन्द महिन्द्राले गरे प्रशंसा

भारतमा एकजना व्यक्तिले दुध डेलिभरी गर्नका लागी फर्मूला वान जस्तै देखिने...

महिन्द्राका पुराना प्रमाणित गाडी अब पोखरामा पनि किन्न पाइने, खुल्यो अग्नि आस्था शोरुम

महिन्द्राका पुराना प्रमाणित गाडी अब पोखरामा पनि किन्न पाइने, खुल्यो अग्नि आस्था शोरुम

पोखरा – अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले पूर्व–स्वामित्व भएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...