३१ दिनमा १ लाख १६ हजार बाइक बिक्री गरी सुजुकीले बनायाे नयाँ रेकर्ड
सुजुकी मोटर कर्पोरेशनले जुलाई २०२४ मा मासिक बिक्रीको लागि नयाँ रेकर्ड...
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’को प्रोडक्सन भर्सन सार्वजनिक गरेको छ । कम्पनीले यसलाई दुई फरक ब्याट्री प्याक विकल्प ४९ किलोवाट आवर र ६१ किलोवाट आवरसहित प्रस्तुत गरेको छ । कम्पनीका अनुसार ठुलो ब्याट्री प्याक भएको मोडलले फुल चार्जमा ५४३ किलोमिटरभन्दा बढी रेन्ज दिन्छ ।
सो इलेक्ट्रिक एसयूभीमा ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, लेभल-२ एडास लगायतका एड्भान्स सेफ्टी फिचर प्रदान गरेको छ । भारतमा यसको आधिकारिक लन्च २०२६ को सुरुवातमा हुने अनुमान गरिएको छ । मारुतीले सो मोडललाई सब्सक्रिप्शन र ब्याट्री एज ए सर्भिस कार्यक्रममार्फत पनि उपलब्ध गराउनेछ।
ई-भिटाराको पहिलो झलक यसअघि जनवरीमा इन्डिया ग्लोबल मोबिलिटी एक्स्पो २०२५ मा देखाइएको थियो । विश्वबजारका लागि ई-भिटारालाई सुजुकीले सन् २०२४ को मिलान ईआईसीएमए शोमा देखाएको थियो । भारतीय उत्पादन भएको सो कार युरोप र जापानसहित १०० भन्दा बढी देशमा निर्यात गरिनेछ। युरोपेली बजारमा उपलब्ध मोडलमा ४९ किलोवाट र ६१ किलोवाट ब्याट्री प्याक दिइएको छ । ई-भिटारा टु ह्विल ड्राइभ र फोर ह्विल ड्राइभ विकल्पसहित आउनेछ।
सो एसयूभीको अगाडिको भागमा स्लिक एईडी हेडलाइट, वाई आकारको डीआरएल र आकर्षक बम्पर र पछाडिको भागमा कनेक्टेड एईडी टेललाइट र आधुनिक डिजाइनको बम्पर प्रयोग गरिएको छ । यसमा इलेक्ट्रिक सनरुफ पनि उपलब्ध हुनेछ। यसको दुई स्पोकको फ्ल्याट बटम स्टेयरिङ, ठाडो एसी भेन्ट र दुईवटा इन्टिग्रेटेड फ्लोटिङ स्क्रीन रहेको छ । साथै अटोमेटिक एसी, भेन्टिलेटेड फ्रन्ट सिट र वायरलेस चार्जिङ जस्ता फिचर पनि हुने अपेक्षा गरिएको छ।
भारतमा सो इलेक्ट्रिक एसयूभीको मूल्य ४९ किलोवाट ब्याट्री भएको मोडलको करिब २० लाख भारुबाट सुरु हुने अनुमान गरिएको छ । साथै ६१ किलोवाट प्याक र उच्च क्षमताको मोटर भएको मोडलको मूल्य करिब २५ लाख भारु हुने अनुमान गरिएको छ ।
भारतीय बजारमा ई-भिटारा एमजी जेडएस ईभी, टाटा कर्भ ईभी, हुन्डाई क्रेटा ईभी र महिन्द्रा बीई ६ सँग प्रतिस्पर्धा गर्नेछ।
सुजुकी मोटर कर्पोरेशनले जुलाई २०२४ मा मासिक बिक्रीको लागि नयाँ रेकर्ड...
सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारामा १० वर्षको ब्याट्री...
मारुती सुजुकीले ७ लाख ४६ हजार भारु मूल्यमा भारतीय बजारमा फ्रोङ्क्स लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...