रोयल इनफिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बुकिङ सुरु
पोखरा – रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा...
काठमाडौं–रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ २०२५ मेटियर ३५० मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि टेस्ट राइड र बुकिङ खुलेको घोषणा गरेको छ ।
सुस्त यात्रादेखि लामो दूरीका आरामदायी क्रूजिङका लागि उपयुक्त मानिने मेटियर ३५० फायरबल, स्टेलर, अरोरा र सुपरनोभा गरी चार भेरियन्टमा उपलब्ध हुनेछ ।
३४९ सिसी क्षमताको नयाँ जे सिरिज इन्जिन जडान गरिएको यस मोटरसाइकलको आधिकतम पावर २०.२ बिएचपी र टर्क २७ एनएम छ ।
नयाँ मेटियर ३५० को सबै भेरियन्टमा एलइडी हेडलाइट राखिएको छ । नयाँ रंग, सुधारिएको फिनिस र अझ आरामदायी सिट तथा राइडिङ पोस्चरसमेत यसमा थपिएको कम्पनीले जनाएको छ ।
राइडिङ अनुभवलाई अझ सहज बनाउन मेटियर ३५० मा परिमार्जित डिजाइन र दैनिक यात्रा तथा लामो दूरी दुवैका लागि उपयोगी सुविधा उपलब्ध गराइएको छ ।

विश्वभर पाँच लाखभन्दा धेरै मेटियर प्रयोगकर्ताको विश्वास जितिसकेको यो मोडेल नेपालमा पनि लोकप्रिय रहेको र नयाँ संस्करणले बजारमा थप ऊर्जा ल्याउने विश्वास व्यक्त गरेको छ ।
यस मोटरसाइकलका लागि दुई प्रकारका ‘एक्सेसरी किट’—अर्बन र ग्रान्ड टुरर—उपलब्ध छन् । जसमा विशेष ह्यान्डलबार, सिट, प्यानियर, फुटरेस्ट लगायतका सुविधाहरू समावेश छन् ।
कम्पनीका अनुसार फायरबल भेरियन्ट प्रारम्भिक मोडेल हो, जसमा अरेन्ज र ग्रे गरी दुई आकर्षक रंगको विकल्प पाइनेछ । यसको मूल्य ५ लाख ७७ हजार राखिएको छ, जसले क्रूजर सेग्मेन्टमा किफायती प्रवेश विकल्प बनाउँछ ।
स्टेलर भेरियन्टमा म्याट ग्रे र म्यारिन ब्लु रंग विकल्प दिइएको छ । बढी परिष्कृत फिनिस र केही अतिरिक्त स्टाइलिङ तत्त्वहरूका कारण यसको मूल्य ५ लाख ८७ हजार तोकिएको कम्पनीले जनाएको छ ।
अरोरा भेरियन्टले रेट्रो अनुभव चाहनेलाई लक्ष्य गरेको छ । रेट्रो ग्रिन र रेड रंगमा उपलब्ध यो संस्करणमा क्लासिक क्रूजरको झल्को दिने डिजाइन झन् बलियो बनाइएको छ । यसको मूल्य ५ लाख ९१ हजार ९ सय निर्धारण गरिएको छ ।
सबैभन्दा प्रिमियम मानिएको सुपरनोभा भेरियन्ट भने ब्ल्याक रंगमा आउनेछ । आधुनिक फिनिस, क्रोम स्पर्श र थप परिमार्जित लुकका कारण यसको मूल्य सूचीमा सबैभन्दा माथि ५ लाख ९७ हजार राखिएको छ ।
नयाँ मोटियर ३५० मा एलईडी हेडल्याम्प, एलईडी लाइट, एलईडी टर्न इन्डिकेटर्स, डीआरएल र डिजिटल एनालग ट्रिपर पोड एलसीडी ड्यासबोर्ड रहेको छ । त्यस्तै, यसमा टाइप सी यूएसबी फास्ट चार्जिङ पोर्ट, असिस्ट एण्ड स्लीप क्लच, एड्जस्टेबल लिबर, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा प्रिलोड एड्जस्टेबल ट्वीन सक अब्जर्बर लगायत विशेषता पाउन सकिन्छ ।
पोखरा – रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा...
रोयल इनफिल्डले आफ्नो नयाँ पुस्ताको २५० सिसी मोटरसाइकलमा चिनियाँ...
काठमाडौं–रोयल इन्फिल्ड हिमालयनमा सवार राइडरले नगरकोटसम्म यात्रा गरेका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...