रोयल इनफिल्ड मोटरसाइकलमा सवार ५ जना महिला राइडरले गरे मुस्ताङ सम्मको यात्रा

काठमाडौं–नेपालमा महिला राइडरलाई सशक्त बनाउने र साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘द मिस्टिक मुस्ताङ राइड’ सम्पन्न भएको छ ।

कात्तिक ७ देखी १२ गतेसम्म आयोजना भएको उक्त राइडमा पाँचजना प्रेरणादायी महिला राइडर सहभागी थिए । काठमाडौँदेखि मुस्ताङसम्मको ६ दिने उक्त राइडले रोमाञ्चक साहसिक कार्य, स्वतन्त्रता र सशक्तिकरणको भावनालाई प्रतिविम्बित गरेको आयोजक कम्पनी रोयल इन्फिल्ड नेपालले जनाएको छ ।

‘मिस्टिक मुस्ताङ राइड’ केवल एक साहसिक कार्य मात्र नभएर यो एक आन्दोलन समेत रहेको र यसले धेरै महिलाहरूलाई मोटरसाइकल चलाउन तथा खुला सडक अन्वेषणको आनन्द अनुभव गर्न प्रोत्साहित गरेको थियो । सो पहलमार्फत, रोयल इनफिल्डले महिला राइडरको बलियो समुदाय निर्माण गर्ने र मोटरसाइकल संस्कृति भित्र समावेशीतालाई बढावा दिने आफ्नो प्रतिबद्धता पुरा गरेको जनाइएको छ ।

मोटरसाकल राइडमा महिलाहरूलाई प्रवद्र्धन गर्नु बाहेक, यो अभियानले नेपालको परिदृश्यको सुन्दरतालाई उजागर गर्ने र घरेलु पर्यटनलाई प्रवद्र्धन गर्ने प्रयास समेत गरेको छ । घुमाउरो पहाडी सडकदेखि शान्त हिमालय दृश्यसम्मका विविध भूभागहरू पार गर्दै यो यात्राले नेपाललाई मोटरसाइकल उत्साही र यात्रुहरूका लागि विश्वस्तरीय गन्तव्यको रूपमा प्रस्तुत गरेको छ ।

‘मिस्टिक मुस्ताङ राइड’को सफल आयोजना मार्फत रोयल इनफिल्ड नेपालले महिला साहसिक राइडरको नयाँ पुस्तालाई प्रेरित गर्दै नेपाललाई दक्षिण एसियामा मोटरसाइकल पर्यटनको लागि एक अग्रणी केन्द्रको रूपमा स्थापित गर्न सफल भएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इनफिल्डको नयाँ बाइक २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

रोयल इनफिल्डको नयाँ बाइक २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी कम्पनी...

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्बजनिक, मूल्य कति ?

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्बजनिक, मूल्य कति ?

रोयल इनफिल्डले आफ्नो सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० को २०२५ संस्करण...

रोयल इन्फिल्डको एसेम्वल प्लान्ट अव थाइल्याण्डमा पनि

रोयल इन्फिल्डको एसेम्वल प्लान्ट अव थाइल्याण्डमा पनि

रोयल इन्फिल्डले थाइल्याण्डमा आफ्नो नयाँ सीकेडी एसेम्बली प्लान्ट विस्तार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...