नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

काठमाडौं–चिनियाँ ईभी ब्रान्ड जिलीको नेपालका लागि आधिकारीक वितरक एलआरआर मोटर्सले डिलरशिप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले आगामी एक वर्षभित्र नेपालभरी १४ वटा डिलर नियुक्त गर्ने जनाएको छ ।

देशका सात वटै प्रदेशमा दुई–दुईवटा शोरुम स्थापना गर्ने कम्पनीले योजना बनाएको हो । यस योजनाले जिली ईएक्स५ मोडलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभरी सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने प्रतिबद्धतालाई बल पुर्याएको कम्पनीले जनाएको छ ।

देशभित्रका सम्पूर्ण ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच सुनिश्चित गराउने उदेश्य बोकेको सो योजनाले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठूलो र विश्वासिला ेमध्येको एक अटोमोबाइल कम्पनीको रुपमा विकसित गराउने विश्वास लिइएको छ ।

कम्पनीले लिएको रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलमा डिलरहरू नियुक्त भइसकेको र तिनका शोरुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ ।

यी नयाँ शोरुमहरुले जिलीको विश्वब्यापी मापदण्डअनुरुप ग्राहकका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ सुविधा, बिक्रीपछिको सेवा र जेन्यून स्पेयर पाट्र्स गरी समष्टिगत सेवा उपलब्ध गराउने बताइएको छ ।

‘सम्पूर्ण नेपालीहरुको घरदैलोसम्म नै जिली ईएक्स५ प¥याउने उदेश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हांै,’ एलआरआर मोटर्सका निर्देशक जीवन जङ्ग शाहीले भने्, ‘हामीलाई विश्वास छ कि बिराटनगर र बुटवलमा नयाँ शोरुम सञ्चालनमा आएपछि ग्राहकले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनियता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।’

नेपालमा भित्रिएको छोटो समयमै जिली ईएक्स५ ले नेपाली ईभी पारखीहरुको मन जितिसकेको छ भने यसको अत्याधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, अतुलनीय सुरक्षा विशेषता र प्रभावकारी रोड पर्फमेन्सका कारण नेपालीहरूमाझ यसको लोकप्रियता बढ्दै गएको छ ।

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार, कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो ।

‘हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली ईएक्स५ बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्’ उनले थपे ।

कम्पनीले निकट भविष्यमै अन्य विभिन्न स्थानहरुमा पनि नयाँ डिलर नियुक्त गर्दै शोरुमको स्थापना गर्दै जाने बताएको छ ।

सम्बन्धित समाचारहरू

कारमा अब आर्टिफिसियल इन्टेलिजेन्स : यसकारण छ विशेष

कारमा अब आर्टिफिसियल इन्टेलिजेन्स : यसकारण छ विशेष

कार निर्माताहरू लगातार आफ्नो मोडललाई थप आधुनिक बनाउन काम गरिरहेका छन् ।...

कियाले विकास ग-यो ४० मिनेटमा फुल चार्ज गर्न मिल्ने चार्जर

कियाले विकास ग-यो ४० मिनेटमा फुल चार्ज गर्न मिल्ने चार्जर

कियाले आफ्नो डिलरसिपमा इलेक्ट्रिक कारका लागि सबैभन्दा छिटो चार्जरको...

नाडा अटो शो २०२५ मा लन्च भएको बीवाईडी एट्टो २ मा के छन् फिचर र अफर ? विस्तृत जानकारी

नाडा अटो शो २०२५ मा लन्च भएको बीवाईडी एट्टो २ मा के छन् फिचर र अफर ? विस्तृत जानकारी

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...