ग्राहकले पाउन थाले लीपमोटर बी१०, नेपालभर डेलिभरी सुरु

काठमाडौं– लिपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० अन्ततः ग्राहकले पाउन थालेका छन् । लीपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सो नयाँ एसयुभीको डेलिभरी देशभरका शोरुममार्फत सुरु गरेको हो ।

एसयुभीको वितरण सुरु गरेको घोषणा गर्दै कम्पनीले नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात भएको जानकारी गराएको छ । चीनबाट बी१० को पहिलो ढुवानी आइपुगेसँगै नेपालभरका ग्राहकहरूल दिगो र स्मार्ट ड्राइभिङको अनुभव लिन सक्ने बताइएको छ ।

नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक लन्च गरिएको र लगत्तै बुकिङ खुला गरिएको बी१० मा ग्राहकले उत्साहजनक रुची देखाएका थिए । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फमेन्सका कारण ईभी पारखीको रोजाइमा पर्न सफल बी१० प्रतिस्पर्धी मूल्यका कारण झनै लोकप्रिय बनिरहेको छ ।

लीपमोटर बी१० मा १६० किलोवाट क्षमताकोे शक्तिशाली रियर व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटकको फुल चार्जमा ६०० किलोमिटर(सिएलटीसी) रेन्ज दिने दाबी गरिएको छ । आराम र व्यावहारिकता दुवैको लागि निर्मित यस एसयुभीमा १८० एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ ।

एसयुभीमा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, रेकर्डिङ सहितको ३६० डिग्री क्यामेरा, हिटिङ र भेन्टिलेसन फंक्सन सहितको प्रिमियम लेदरेट सिटहरू र सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानारोमिक सनरुफ सहितको सनशेड जस्ता सुविधाहरु रहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...