‘हामी लोकल’ मानसिकता कहिले सम्म ? सडक सुरक्षाका लागि गम्भीर चिन्तनको विषय
नेपालका सडकहरूमा ट्राफिक प्रहरीको नियमित चेकजाँचका क्रममा बारम्बार...
रामेछाप - असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ ।
बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।
आफूले बाढीले क्षति पु-याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकीडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सी बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए ।
बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ-ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।
नेपालका सडकहरूमा ट्राफिक प्रहरीको नियमित चेकजाँचका क्रममा बारम्बार...
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने...
काठमाडौं– दसैँ, तिहारलगायत छठमा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...