भारतमा सडक सुरक्षा अभियान शुरु, नेपालले सिक्नु जरुरी
भारतमा सडक सुरक्षा अभियानको तेस्रो संस्करणको सुरुवात भएको छ । जसले सडक...
काठमाडाैं - विगत दुई दिनदेखिको अविरल मनसुनी वर्षाका कारण देशभर आएको बाढी तथा पहिरोका कारण देशका प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। राजमार्गहरू—जस्तै बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्य पहाडी राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएका हुन्।
यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएकाे छ ।
यस्ताे छ राजमार्गहरुकाे अवस्था-
१. रसुवा: बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको ।
मिति २०८२।०३।२४ गते अं.०३:०० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत-जावत बन्द भएको ।
मिति २०८२।०६।१६ गते अ.१७:४० बजे जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरो आई बाटो अबरोध भएको ।
मिति २०८२।०६।१६ गते अ.०७:०० बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ बालुवाखानि, र तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो सहित ढुङगा झरी बाटो पूर्ण रुपमा अवरोध भएको ।
२. संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।
मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।
३.संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।
मिति २०८२।०५।१५ गते ००:०० बजे जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको।
४.अरनिको राजमार्ग भासिएको ।
मिति २०८२।०६।१६ गते अं. १०;१० बजेको समयमा जि.सि.पा.भोटकोशी गा.पा.वडा नं.४ चारकिलो स्थित अरनिको राजमार्गमा अं. २ मिटर सडक भासिन गई सडक अवरोध भएको।
५. बि.पि. राजमार्ग माथिबाट ढुंगा खसेर बाटो दुबै तर्फ अवरुद्ध भएको
मिति २०८२/०६।१८ गते अ. ११:०० बजेको समयमा जिल्ला काभ्रे रोशी गा.पा. ११ माम्तीखोला, ऐ.डालावेशी ऐ.बुलढुंगा लगायत बि.पि. राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा खसेर बाटो दुबै तर्फी अबरुद्ध भएको ।
६. सिद्धिचरण लोकमार्ग पुर्ण रुपमा अबरुद्ध भएको ।
मिति २०८२।०६।१८ गते परेको अबिरल बर्षाको कारण ऐ.११;१० बजेको समयमा जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी आई सडकको भाग खोलि गहिरो बनाएर अन्दाजी १० मिटर सडकमा क्षति पुगी लोकमार्ग पूर्ण रुपमा अबरुद्ध भएको ।
७. कुलेखानी सिस्नेरी दक्षिणकाली-काठमाडाैं सडकखण्ड दुई तर्फी अबरोध भएको ।
मिति २०८२।०६।१८ गते १५:३५ बजेको समयमा जि.मकवानपुर इन्द्रसरोवर गा.पा.३ सिस्नेरी बजार स्थित कुलेखानि सिस्नेरी दक्षिणकाली-काठमाडाैं सडकखण्डमा डोढारे खोलामा पानिको बहाब बढ्न गई सडकमा आई पूर्णरुपमा अबरुद्ध भएको ।
८. मध्यपहाडी लोक मार्गमा पनि अबरोध
धनकुटाकाे पाख्रीबास नपा-५ दिकुरेस्थित मध्य पहाडी लोकमार्गमा अबिरल वर्षाका कारण सडक भाँसिएको र बाटो माथिबाट पहिरो खसिरेकोले जोखिम हुने भएकोले तत्काल बाटो बन्द गरिएको ।
९. मध्य पहाडी लोक मार्ग दुई तर्फी बन्द ।
मिति २०८२।०६।१९ गते अ.०१;३० बजेको समयमा जिल्ला सिन्धुली मरिण गा.पा.वडा नं.०२ सिन्दुरे दोभान स्थित मदन भण्डारी राजमार्गमा अविरल बर्षाको कारण ढुङ्गा ,माटो साहितको पहिरो गएर बाटो दुई तर्फी अवरोध भएको ।
१०. कोशी लोकमार्ग अवरुद्ध ।
मिति २०८२।०६।१८ गते दिउँसो १०:०० बजेदेखि परेको बर्षाको कारण पहिरो गई धनकुटा साँगुरीगढि गाउपालिका १ स्थित कोशी लोकमार्गको चनौटे र ऐ वडा नं ६ को घण्टे र सिमसुवा गरी ३ ठाउमा बाटो अवरोध भएको ।
यस पटकको वर्षाले सबैभन्दा बढी मानवीय क्षति पूर्वी नेपालको कोशी प्रदेशमा भएको छ। कोशी प्रदेशको इलाममा मात्रै भीषण पहिरोमा परेर ३७ जनाले ज्यान गुमाएका छन्। बाढी र पहिरोका कारण देशका सयौँ घरहरू डुबानमा परेका छन् र ६ हजारभन्दा बढी घरपरिवार विस्थापित भएका छन्। विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका तटीय क्षेत्रहरू उच्च जोखिममा छन्।
भारतमा सडक सुरक्षा अभियानको तेस्रो संस्करणको सुरुवात भएको छ । जसले सडक...
जुम्ला – तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् ।...
चितवन – नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...