सवारी परीक्षण कार्यालयका कर्मचारीलाई अनियमितताको आरोप, जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन

काठमाडौँ  - सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई अनियमितताको आरोपमा जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन गरिएको छ । 

सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा, अनावश्यक दुःख हैरानी दिएको विषयमा उनीहरू विरुद्ध उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार जिम्मेवारीबाट हटाएको हाे ।

प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमितता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो । त्यसलगत्तै मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए । 

मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छन् । 

छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन/अनुसन्धान गर्ने, कारबाहीका लागि सिफारिस गर्ने लगायतका कार्यादेश दिइएको छ ।

सम्बन्धित समाचारहरू

सीएफ मोटो र जीहोको आधिकारिक वितरक अब रिलायन्स ग्रुप, जीहो एई६ प्लसमा आकर्षक अफर

सीएफ मोटो र जीहोको आधिकारिक वितरक अब रिलायन्स ग्रुप, जीहो एई६ प्लसमा आकर्षक अफर

सीएफ मोटो तथा जीहो ब्रान्डका सवारी साधनको आधिकारिक वितरक अब रिलायन्स...

चीनसँगको व्यापारिक नाका रसुवागढीसँगको सडक सम्पर्क पुनः विच्छेद

चीनसँगको व्यापारिक नाका रसुवागढीसँगको सडक सम्पर्क पुनः विच्छेद

काठमाडौं – रसुवागढी जोड्ने स्याफ्रुवेसी–रसुवागढी सडक खण्ड पुनः पूर्ण...

एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

जनकपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...