अर्थ मन्त्रालयद्वारा जेन जेड आन्दोलनमा जलेका २९ गाडी मर्मत, खर्च कति ?

काठमाडौँ –अर्थ मन्त्रालयले जेन जेड युवा आन्दोलनका दौरान जलाइएका २९ वटा सवारी साधनको मर्मत सम्भार गरेको छ । मर्मतमा झण्डै २३ लाख खर्च भएको छ ।

मन्त्रालयका अनुसार चार पाङ्ग्रे २९ वटा सवारी साधनको अप्रत्याशित र विशेष कारणबाट यथाशीघ्र मर्मत गर्न कोटेसन माग गरिएको थियो । सो अनुसार जगन्नाथ अटो केयर सिनामंगल काठमाडौँले २२ लाख ७८ हजार ९५० रुपैयाँमा सबैभन्दा कम मूल्यको प्रस्ताव गरेको थियो । सो कम्पनीमार्फत सवारी साधनको मर्मत गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले यस वर्ष नयाँ सवारी साधन नकिन्ने बताएको छ । निर्वाचन प्रयोजन बाहेक अन्य निकायहरूले समेत नयाँ गाडी किन्न पाउने छैनन् ।

जेन जेड युवा आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा दर्जनौँ सरकारी गाडीहरूमा आगजनी भएको थियो । आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरूमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ ।

तर सरकारी कार्यालयहरूले संकलन गरेको प्रारम्भिक विवरणमा आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सरकारी गाडी काठमाडौँमा मात्रै नष्ट भएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...