आयाे विश्वकै पहिलो हाइड्रोजन ट्रयाक्टर, कृषिमा नयाँ युगको शुरुवात

जापानी बहुराष्ट्रिय कम्पनी कुबोटाले विश्वको पहिलो हाइड्रोजन इन्धन सेलबाट चल्ने अटोमेटिक ट्रयाक्टर सार्वजनिक गरेको छ। सो ट्रयाक्टरले भविष्यको कृषिलाई दिगो, वातावरणमैत्री र उच्च प्रविधियुक्त बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

कुबोटाले प्रस्तुत गरेको सो ट्रयाक्टर १०० हर्स पावर क्षमताको छ, जुन अत्याधुनिक हाइड्रोजन इन्धन सेल स्ट्याकद्वारा संचालित हुन्छ। हाइड्रोजनले भरिएपछि यो आधा दिनसम्म लगातार चल्न सक्छ । यसको लम्बाइ ४.४ मिटर, चौडाइ २.२ मिटर र उचाइ २.३ मिटर रहेको छ। यसमा चालकको सिट छैन र यसलाई खेतमै उपस्थित नभई टाढाबाट नियन्त्रण गर्न सकिन्छ।

परम्परागत ब्याट्री-संचालित ट्रयाक्टरको तुलनामा यो हाइड्रोजन ट्रयाक्टर छिटो इन्धन भर्ने, बढी शक्ति प्रदान गर्ने र शून्य कार्बन डाइअक्साइड उत्सर्जन गर्छ। यसमा प्रयोग गरिएको एआई संचालित क्यामेरा सिस्टमले खेतमा कुनै अवरोध पत्ता लगाएमा ट्रयाक्टरलाई अटोमेटिक रूपमा रोक्छ।

जापानमा श्रम अभाव र वृद्ध कृषकहरूको समस्या समाधान गर्न लक्षित सो ट्रयाक्टरलाई अफ-साइट निगरानी तथा रिमोट अपरेशन मार्फत पनि सञ्चालन गर्न सकिन्छ। यसको अर्थ किसानहरूले खेतमा नभएको अवस्थामा पनि ट्रयाक्टरको गतिविधि नियन्त्रित गर्न सक्छ।

हाइड्रोजन इन्धन सेल प्रविधिले हाइड्रोजन र अक्सिजनलाई संयोजन गरेर बिजुली उत्पादन गर्छ। यस प्रक्रियामा धुवाँ वा हानिकारक उत्सर्जन ननिस्कने भएकाले यसलाई पूर्ण रूपमा सफा र दिगो ऊर्जा स्रोत मानिन्छ। यसले केवल पानी र ताप मात्र उत्पादन गर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...