बुटवलमा अपाचे रेस जीपी सम्पन्न, तीनजना ग्रान्ड फिनालेका लागि छनोट
काठमाडौं–टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
टीभीएसले आफ्नो लोकप्रिय र सर्वाधिक बिक्री हुने स्कुटर जुपिटर ११० को नयाँ विशेष संस्करण लन्च गरेको छ। नयाँ संस्करण पूर्ण कालो रङमा ल्याइएको छ, जसलाई कम्पनीले "स्टारडस्ट ब्ल्याक" नाम दिएको छ। सो नयाँ भेरिएन्ट जुपिटर लाइन-अपमा सबैभन्दा महँगो मोडल बनेको छ।
नयाँ विशेष संस्करणमा कस्मेटिक परिवर्तन गरिएको छ। स्कुटरमा प्रयोग गरिएको कालो रङसँगै एक्जस्ट हिट शिल्डमा मात्र क्रोम फिनिश गरिएको छ। साथै कम्पनीको लोगोदेखि मोडलको नामसम्म सबै ब्याजिङलाई ब्राेन्ज रङमा प्रस्तुत गरिएको छ ।
यसको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन। यो जुपिटर ११० डिस्क एसएक्ससी भेरिएन्टसँगै मिल्दोजुल्दो छ। स्कुटरमा अगाडि डिस्क ब्रेक, ब्लुटुथ कनेक्टिभिटीसहितको डिजिटल डिस्प्ले जस्ता सुविधा यथावत छन्। यसमा किकस्टार्टर दिइएको छैन, यद्यपि प्रयोगकर्ताले चाह्यो भने यसलाई सहायक उपकरणका रूपमा थप्न सक्ने व्यवस्था गरिएको छ।
नयाँ विशेष संस्करणको मूल्य ९४ हजार ३८१ भारु तोकिएको छ । सो भेरिएन्ट जुपिटर लाइन अपमा सबैभन्दा महँगो हुनुका साथै भारतीय बजारमा बिक्रीमा रहेका दोस्रो सबैभन्दा महँगो ११० सीसी स्कुटरको रूपमा पनि दर्जा पाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...