अब बाइक वा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न नपाइने, २० हजार सम्म जरिवाना हुने
काठमाडौं – मोटरसाइकल वा स्कुटरमा अब मोबाइल होल्डर वा स्ट्यान्ड राख्न...
काठमाडौं–जेन–जी आन्दोलनका क्रममा जलेका गाडी तथा बिग्रिएका सवारी सडकमा छाडिने क्रम बढेसँगै यातायात आवागमनमा अवरोध भइरहेको छ ।
यस्तो अवस्थामा टोइङ नेपालले नेपाल सरकारसँग सहकार्य गर्दै सडकमा जलेका तथा क्षतिग्रस्त सवारी साधनलाई सुरक्षित स्थानमा सार्ने कार्य सुरु गरेको छ । यस अभियानको उद्देश्य सडक सफा गर्ने, यातायात सहज बनाउने र नागरिकलाई सुरक्षित आवागमनमा सहयोग पु¥याउने हो ।
टोइङ नेपालका प्रतिनिधिका अनुसार, आन्दोलनका क्रममा नष्ट भएका गाडी, मोटरसाइकल वा अन्य सवारी सडकमा अलपत्र अबस्थामा राखिँदा सर्वसाधारणले यात्रा गर्न कठिन भएको छ । त्यसैले सरकारसँगै मिलेर यी गाडीहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको हो ।
टोइङ नेपालले सर्वसाधारणलाई समेत आग्रह गर्दै भनेको छ, ‘यदि तपाईँको क्षेत्र वा वरिपरि आन्दोलनका क्रममा जलेका वा छाडिएका सवारी साधन छन् भने तुरुन्तै जानकारी दिन सक्नुहुन्छ । हामीलाई ९८०२३०५०५० नम्बरमा सम्पर्क गरेपछि हाम्रो टोली तुरुन्तै स्थलमा पुग्नेछ र आवश्यक सहयोग गर्नेछ ।’
टोइङ नेपालले विगतदेखि नै दुर्घटनामा परेका वा खराब भएका सवारी साधनलाई सुरक्षित स्थानमा पु¥याउँदै आएको भए पनि अहिले देश संकटपूर्ण अवस्थामा पुगेकोले जिम्मेवारी अझ बढेको जनाएको छ ।
‘हामी सबै नेपालीको सुरक्षाका लागि, सडकलाई सहज बनाउन र देशलाई असुरक्षित वातावरणबाट बचाउन निरन्तर खटिने छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
टोइङ नेपालको पहलले राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा अवरुद्ध सडक खुलाउन ठूलो मद्दत गर्ने विश्वास गरिएको छ । यसले आन्दोलनका कारण सडकमा फसेका एम्बुलेन्स, दमकल, खाद्यान्न बोकेका गाडी र सर्वसाधारण यात्रुलाई सहज बनाउने छ ।
काठमाडौं – मोटरसाइकल वा स्कुटरमा अब मोबाइल होल्डर वा स्ट्यान्ड राख्न...
चीनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ट्राफिक प्रहरी रोबोट...
काठमाडौं – विभिन्न जिल्लाका प्रहरी कार्यालय परिसरमा देखिने करोडौ मूल्यका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...