उपत्यकामा आज पनि निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि ताेकियाे समय

काठमाडौं - पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ ।

नेपाली सेनाले विज्ञप्तिमार्फत निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरुबाट सो व्यवस्था गरिएको जनाएको छ ।

जारी विज्ञप्तिमा आज भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते विहान ६ बजेसम्म कर्फ्यूलाई निरन्तरता दिइएको उल्लेख छ ।

यसैगरी अत्यावश्यक कार्यको लागि आवतजावत गर्न भदौ २७ गते विहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म निर्धारण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चारप्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिनेछ ।

विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्थालगायतका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचय पत्र (डिजिटल बाहेक) देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

यस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले सबैमा अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरुप जिल्ला सुरक्षा समितिबाट निर्णय र समन्वय गरिएबमोजिम हुने उल्लेख छ । जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीहरुको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुर्याउन सबैमा अपिल गरिएको छ ।

अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने भनि छुट्याइएको समय अत्यावश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरु आफ्नो कार्यस्थलसम्म जान र फर्कनलगायतका जरुरी कामका लागि भएकाले उक्त समयमा समेत जुलुस, धर्ना, प्रदर्शनलगायतका गतिविधिहरु गर्न पूर्णतः निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने

इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने

लामो समय भाषागत विवाद भएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न...

यी कारणले गर्मीमा गाडीमा आगलागी हुन्छ, यी कुरामा ध्यान दिनुहोस्

यी कारणले गर्मीमा गाडीमा आगलागी हुन्छ, यी कुरामा ध्यान दिनुहोस्

गर्मीको मौसममा सवारी साधनको ख्याल राख्नु एकदमै जरुरी छ। सवारी साधनको...

अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे – अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...