बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा सरकारले स्थानीय खपत बढाउन भन्दै जिएसटी सुधारको घोषणा गरेको छ । सवारीसाधनमा हाल लागु हुँदै आएको २८ प्रतिशत जिएसटीलाई घटाएर १८ प्रतिशतमा झारिएको छ ।
यसले अटोमोबाइल क्षेत्रमा पनि ठूलो लाभ पु¥याउने देखिको छ । नयाँ दर सेप्टेम्बर २२, २०२५ देखि लागू हुने जनाइएको छ ।
नयाँ नियमले विशेषतः साना कार र मोटरसाइकलको मूल्य सस्तो हुने देखिएको भएपनि विलासी सवारी साधन र हाई–इन्ड विद्युतीय कारमा भने खासै प्रभाव नपार्ने जनाइएको छ ।
नयाँ निमयले सबैभन्दा ठूलो लाभ १२०० सिसी मुनिका पेट्रोल र १५०० सिसी मुनिका डिजेल कारले पाउने बताइएको छ । यो सेग्मेन्टका सवारी साधनमा जिएसटी १० प्रतिशतले कम भएको छ ।
त्यस्तै, ३५० सीसी मुनिका टु–ह्विलर सवारी साधनका लागि पनि जिएसटी दर २८ प्रतिशतबाट घटेर १८ प्रतिशतमा झारिएको छ । यसले यो सेग्मेन्टका मोटरसाइकलको मूल्यलाई समेत सुलभ बनाएको छ ।
५० प्रतिशत जिएसटी आकर्षित गर्ने ठूला सवारी साधनहरूमा ४० प्रतिशत लगाइनेछ । विलासी सवारी साधनहरू पनि ४० प्रतिशत कर स्ल्याब अन्तर्गत आउँने जनाइएइको छ ।
हाइब्रिड कारका लागि कुनै विशेष दर नतोकिए पनि बस, ट्रक, थ्री ह्विलर र एम्बुलेन्सहरूमा पनि जिएसटी २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गरिएको छ ।
यसैगरी स्पेयर पार्ट्स, टायर, लुब्रिकेन्ट्स लगायतका क्षेत्रमा पनि यस्तै प्रकारको जीएसटी लागु गरिएको छ ।
नेपालमा भित्रिने सवारी साधनमा यसले खासै असर गर्दैन, किनभने यो भारतका लागि लागु गरिएको हो । नेपालमा भित्रिने सवारी साधनमा नेपाल सरकारले आफ्नै भन्सार शुल्क र अन्तःशुल्क लगायतका कर लगाउँदै आएको छ ।
यद्यपि स्पेयर पार्ट्स, टायर, लुब्रिकेन्ट्स लगायतको व्यवसायमा भने यसले अप्रत्यक्ष असर पु¥याउने नाडाको टायर ट्युब समितिका सभापति बिक्रम सिंघानिया बताउँछन् ।
यसले गर्दा नेपालको सीमावर्ती क्षेत्रबाट यस्ता स्पेयर पार्ट्स, टायर ट्युब, लुब्रिकेन्ट लगायत चोरी पैठारी हुने सम्भावना बढी हुन्छ । यो पहिले पनि हुँदै आएकोमा अब झन बढ्ने छ ।
यसले गर्दा नेपाल सरकारले यसलाई नियमन गर्ने कार्यमा ध्यान दिनुपर्ने आवश्यकता हुने सिंघानियाले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...