सांग्रिला मोटर्सको ‘ह्विल्स अफ सेलिब्रेसन’ आजदेखी सुरु, के–के छन् आकर्षण ?

काठमाडौं – सांग्रिला मोटर्स प्रालिले आफ्नो भव्य कार्यक्रम ‘ह्विल्स अफ सेलिब्रेसन’ आजदेखी सुरु गरेको छ । भदौ २२ गतेसम्म चल्ने उक्त कार्यक्रम उत्तरढोकास्थित शोरुममा आयोजना गरिएको हो ।

५ दिनसम्म चल्ने सो उत्सवमा गाडी प्रेमी र परिवारका लागि रोचक अनुभव, अन्तरक्रियात्मक गतिविधि तथा विशेष अफरहरु प्रस्तुत गरिने जनाइएको छ ।

कम्पनिका अनुसार, कार्यक्रममा सहभागी हुनेहरूले लिपमोटर, सिट्रोन र पूजोका नवीनतम मोडेल टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन्, जसले आधुनिक प्रविधि र आरामदायी ड्राइभिङको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार समेत उपलब्ध गराइएको छ ।

कार्यक्रमलाई थप रमाइलो बनाउन रोचक खेलहरु तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिएको छ । साथै, सहभागीहरूले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्याङ्कन गराउन वा एक्सचेन्ज गर्न सक्ने सुविधा समेत पाउने छन् ।

कार्यक्रममा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा निःशुल्क १ रात २ दिनको स्टे उपहार स्वरूप दिइने कम्पनीको भनाई छ । जसले यो अवसरलाई अझै विशेष बनाउने अपेक्षा गरिएको छ ।

‘ह्विल्स अफ सेलिब्रेसन’ हाम्रो ग्राहक प्रतिको आभार प्रकट गर्ने माध्यम हो । टेस्ट ड्राइभ, रमाइलो गतिविधि र विशेष अफरसहित यो कार्यक्रममा प्रत्येक आगन्तुकका लागि केही न केही विशेष हुनेछ,’ सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने ।

नेपालको एक अग्रणी अटोमोबाइल वितरकका रुपमा परिचित सांग्रिला मोटर्सले लिपमोटर, सिट्रोन र पुजो जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन आयात गरी बिक्रिवितरण गर्दै आएको छ । उत्कृष्ट ग्राहक अनुभवप्रति प्रतिबद्ध यस कम्पनीले निरन्तर नवीन समाधान, गुणस्तरीय सवारीसाधन तथा भरपर्दो बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

डल्फिन र एट्टो ३ बनेको ई–प्लेटफर्म ३.० के हो ? के छ यसको विशेषता ?

डल्फिन र एट्टो ३ बनेको ई–प्लेटफर्म ३.० के हो ? के छ यसको विशेषता ?

नेपालमा इलेक्ट्रिक कार खरिद गर्ने अधिकांश ग्राहकले फिचर र रेन्जमा बढी जोड...

मल्टी ब्रान्ड शोरुम र सर्भिस सेन्टर : रोजाइका इलेक्ट्रिक स्कुटर किन्न र मर्मत गर्न पाइने

मल्टी ब्रान्ड शोरुम र सर्भिस सेन्टर : रोजाइका इलेक्ट्रिक स्कुटर किन्न र मर्मत गर्न पाइने

नेपालमा विगत लामो समय देखि विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरुको आयात...

लिपमोटर टी०३ अब नेपालमा, मूल्य २८ लाख ९९ हजार

लिपमोटर टी०३ अब नेपालमा, मूल्य २८ लाख ९९ हजार

काठमाडौं – प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य सांग्रिला मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...