एलईभी–०१ किन्दा ८ लाखसम्म फाइदा , आयो फेस्टिभ अफर

काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक ब्लू कर्पोरेशनले ‘फेस्टिभ अफर’ ल्याएको छ । नजिकिँदै गरेको दशैं–तिहारलाई लक्षित गरी ल्याइएको यो अफरमा गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट पाइनेछ ।

अफरअन्तर्गत एलएस अटको नयाँ ईभी किन्दा ८ लाखसम्मको लाभ लिन सकिने कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडीलाई ग्राहकहरूले यो अफर अन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन् ।

फुयाँलका अनुसार, दशैं–तिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकहरूका लागि यो निकै उपयुक्त अफर हो । ‘यस अफर अन्तर्गत गाडी किन्ने ग्राहकका जोडिले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्ने छन्’ उनले भने ।

यस्तै, फेस्टिभ अफरमा कम्पनीले १ लाख नगद छुट, १ लाख एक्सचेञ्ज बोनस, निःशुल्क बीमा र १० किलो क्षमताको वासिङ मेसिन निःशुल्क प्रदान गर्नेछ ।

यो अफर सीमित समयको लागि मात्र रहेको जानकारी दिँदै इच्छुक ग्राहकहरूलाई नजिकको शोरुमा सम्पर्क गरी यसको लाभ लिन कम्पनीले आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ ईभी ब्रान्ड फर्थिङ फ्राइडेमा ५ वर्षे विशेष योजना

नयाँ ईभी ब्रान्ड फर्थिङ फ्राइडेमा ५ वर्षे विशेष योजना

काठमाडौं – नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेइकल फर्थिङ फ्राइडेले...

नेपालमा भोलि भर्चुअल लन्च हुँदैछ निसान लिफ इलेक्ट्रिक कार : कति पर्ला मूल्य ?

नेपालमा भोलि भर्चुअल लन्च हुँदैछ निसान लिफ इलेक्ट्रिक कार : कति पर्ला मूल्य ?

काठमाडौं – विश्वमै लोकप्रिय मानिने निसानको इलेक्ट्रिक कार नेपाली बजारमा...

२४ घण्टामै १ लाख ओला इलेक्ट्रिक स्कुटर बुकिङ

२४ घण्टामै १ लाख ओला इलेक्ट्रिक स्कुटर बुकिङ

भारतमा बुकिङ खुलेको २४ घण्टामै ओला इलेक्ट्रिक स्कुटरले रेकर्ड बुकिङ कायम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...