टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा

धनगढी - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ ।

कम्पनीले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गर्दै नयाँ शोरूम खाेलेकाे हाे ।

सिप्रदी ट्रेडिङ प्रालिका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल, जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्तरुपमा साे उदघाटन गरेका हुन् । साथै उक्त समारोहमा स्थानीय समुदाय, व्यवसायिक प्रतिनिधि र ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो.ईभी, पञ्च.ईभी, नेक्सनके३.ईभी र कर्भ .ईभी— सजिलै खरिद गर्न सक्नेछन्।

त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटाका टियागो, पन्च, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्। पन्चले नेपाली बजारमा सिटी एसयूभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ।

सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले भने, “यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं।”

त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिको डिलर सेल्स विभागका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेलले भने, “धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौं।”

साथै सोही कार्यक्रममा टाटाको गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।

सम्बन्धित समाचारहरू

मर्सिडिज बेन्ज नेटवर्कबाट डिजाइन गरिएको र जिलीद्वारा विकास गरिएको नयाँ ईभी नेपाली बजारमा

मर्सिडिज बेन्ज नेटवर्कबाट डिजाइन गरिएको र जिलीद्वारा विकास गरिएको नयाँ ईभी नेपाली बजारमा

सीजी मोटर्सले नयाँ स्मार्ट ३३ नेपाली बजारमा उपलब्ध गराएको छ । विश्वमै...

क्लासिक ह्विल्सले ग्यारो डीटी ६० का लागि ग-यो विशेष कार्यक्रम, इन्फ्लुएन्सर च्यालेन्ज र जिमखाना गर्ने घोषणा

क्लासिक ह्विल्सले ग्यारो डीटी ६० का लागि ग-यो विशेष कार्यक्रम, इन्फ्लुएन्सर च्यालेन्ज र जिमखाना गर्ने घोषणा

काठमाडौं – नेपालका लागि ग्यारो ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक...

पेट्रोल र डिजेल इन्जिनको साथमा टाटा सिएरा यो वर्ष लन्च हुने

पेट्रोल र डिजेल इन्जिनको साथमा टाटा सिएरा यो वर्ष लन्च हुने

टाटा मोटर्सले भारतीय बजारमा ह्यारियर ईभी लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...