बीवाईडी एसिया प्यासिफिक अटो सेल्सका महाप्रबन्धक लिउ जुलियाङको नेपाल भ्रमण सम्पन्न
काठमाडौं- बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ...
काठमाडौं– एमजी (मोरिस गराजेज) को नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले मिस नेपाल वल्र्ड २०२२ र चर्चित मोडल प्रियंका रानी जोशीलाई एमजी एस५ ईभीको ब्रान्ड एम्ब्यासडरको रूपमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।
यस सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भदौ ११ गते, बुधबार प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भएको हो । यो साझेदारी दुई वर्षका लागि हुनेछ ।
यस साझेदारीमार्फत, प्रियंका नेपालमा एमजी एस५ ईभीको फेस बन्नेछिन् र आगामी दुई वर्षसम्म यसका स्टाइल र इनोभेशनलाई प्रस्तुत गर्नेछिन् । साझेदारीको घोषणा गर्दै, प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले भने, ‘प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्नुहुन्छ । यी गुणहरू एमजी एस५ ईभी र एमजी ब्रान्डसँग पूर्ण रूपमा मेल खान्छन् । हामी उहाँलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं र सँगै नयाँ दर्शकहरूसम्म पुग्ने अपेक्षा राख्छौं ।’
‘एमजीसँग विशेषतः एमजी एस५ इभीसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु । एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो । प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि मा उत्साहित छु’ प्रियंकाले भनिन् ।
प्रियंका रानी जोशीको ब्रान्ड एम्ब्यासडरको रूपमा सहभागिताले एमजी एस५ ईभीलाई युवा र सवारीप्रेमी दर्शकहरूसँग अझ नजिक ल्याउनेछ, र ब्रान्डको प्रभाव र पहुँच बढाउने कम्पनीको भनाई छ । यस साझेदारीसँगै, प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी एस५ ईभीको उपलब्धता र यसको आकर्षक डिजाइन, अत्याधुनिक फिचरहरू र शक्तिशाली परफर्मेन्सलाई अझ प्रचार गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं- बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ...
नेपाली अटो बजारमा अर्को नयाँ मिनी इलेक्ट्रिक कारको विक्री शुरु हुने भएको छ...
सन् २०२१ को अटोमोबाइल ब्रान्ड सम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको छ । यो वर्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...