२०१० मारुती ग्रान्ड भिटारा र २०२२ मारुती ग्रान्ड भिटारा बीच यस्तो छ भिन्नता
मारुती सुजुकीले आफ्नो नयाँ एसयूभी मारुती सुजुकी ग्राण्ड भिटारा लन्च गर्ने...
जापनिज टु–ह्विलर ब्रान्ड सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई–एक्सेस लन्च गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
भारतमा केही समयअघि सम्पन्न अटो एक्सपो २०२५ मा सोकेस गरिएको ई–एक्सेसलाई कम्पनीले आगामी सेप्टेम्वरभित्रै लन्च गर्ने तयारी थालेको हो । ई–एक्सेस प्रिमियम सेग्मेन्टलाई लक्षित गरी आउन लागेको हो ।
निकै नै आकर्षक र आधुनिक डिजाइनमा तयार हुने यस स्कुटरमा सुजुकीले टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टरसहित एलईडी हेडलाइट, पछाडी स्टाइलिस टेल लाइट, स्मार्ट देखिने अलाेय ह्विल्स, फ्ल्याट फुटवेल, लामो र फराकिलो सिट र धेरै सामान अट्ने अन्डर सिट स्टोरेज दिने अपेक्षा गरिएको छ ।
सुजुकी एक्सेसमा ३.०७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुने जनाइएको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ९५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने यसलाई ७१ किलोमिटर प्रति घण्टाको स्पिडमा हाँक्न सकिन्छ । सुजुकीले यस स्कुटरमा ४.१ किलोवाट क्षमताको मोटर उपलब्ध गराउने भएको छ ।
सो नयाँ स्कुटरले भारतमा होन्डा ई–एक्टिभा, बजाज चेतक, टीभीएस आईक्युब, ओला र एथरका विभिन्न मोडलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । भारतमा लन्च भएपछि ई–एक्सेस नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।
मारुती सुजुकीले आफ्नो नयाँ एसयूभी मारुती सुजुकी ग्राण्ड भिटारा लन्च गर्ने...
नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...
मारुती सुजुकीको लाइट कमर्सियल भेइकल सुपर क्यारी रिभर्स पार्किङ असिस्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...