एक महिनामै ३०० ओमोडा ई फाइभ बुकिङ, नेपाली ग्राहकले पाउन थाले गाडी
काठमाडौं – ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा...
लगातार तीन पटक सम्म चठ्याङ लाग्दा पनि बीवाईडीको गाडी चट्याङबाट बच्न सफल भएको छ । चीनको बेइहाईस्थित ग्वाङसीको टाइसान सर्भिस एरियामा ड्राइभ गरिरहेको समयमा यसरी चट्याङ लागेको थियो । हाल यो समाचारले सामाजिक सञ्जालमा निकै नै चर्चा पाएको छ ।
यस्तो अवस्थामा पनि बीवाईडीको सो गाडीमा गम्भीर क्षति भएको छैन । बीवाईडीको सोङ प्लस ईभीमा यस्तो चमत्कारिक घटना भएको हो ।
चीनको चोङगिङ डेलीका अनुसार यस सम्बन्धी सबै परीक्षण गरेका एक जना मेकानिकले चट्याङका कारण गाडीको पावर प्याक, मोटर वा इलेक्ट्रोनिक कन्ट्रोल सिस्टममा कुनै पनि क्षति नदेखिएको बताए । गाडीको छतमा साना दुई वटा स्ट्राइक प्वाइन्ट मात्र देखिने गरेका छन् । आफ्नो १२ वर्षे करियरमा यस प्रकारको चट्याङको असर पहिलो पटक देखिएको उनले स्थानीय सञ्चार माध्यमहरुालई बताएका छन् ।
बीवाईडीको ब्रान्ड तथा पब्लिक रिलेसन तर्फका जनरल म्यानेजर लि युनफेईले तीन पटकको चट्याङबाट पनि बीवाईडी सोङ प्लस ईभीको अकुपेन्ट सेफ्टी वा कोर भेइकल सिस्टममा कुनै असर नपरेको बताए । गाडीको पावर कटअफ प्रोटेक्सन सिस्टमले स्वचालित रुपमा यो कार्य सम्भव बनाएको उनको भनाइ छ ।
बीवाईडीले ओसन सिरिज अन्तर्गत सोङ प्लस ईभी उत्पादन गर्दै आएको छ । चीनमा यो गाडीको मूल्य १ लाख ४९ हजार ८ सय आरएमबी अर्थात २० हजार ७४० डलर देखि १ लाख ७५ हजार ८ सय आरएमबी अर्थात २४ हजार ४८० डलर पर्छ ।
नेपालमा पनि बीवाईडीका सवारी साधन निकै नै रुचाइएको ब्रान्डमा पर्छन् । यद्यपि सोङ प्लस ईभी भने उपलब्ध छैन । हालै बीवाईडीले एट्टो १ अर्थात सिगल ह्याचब्याक ईभी भित्र्याएको छ । करिव २९ लाख मूल्यमै उपलब्ध हुने सो ईभीको हाल निकै नै चर्चा छ ।
नेपालमा बीवाईडीको आधिकारिक वितरकको रुपमा साइमेक्स इंकले कार्य गरिरहेको छ । नेपाली बजारमा बीवाईडी डल्फिन, सिलायन ७, एट्टो ३ लगायतका मोडल बिक्रीका लागि उपलब्ध छन् ।
काठमाडौं – ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा...
भारतीय अटोमोबाइल ब्रान्ड महिन्द्राले सन् २०३० देखि भारतीय बजारमा बिक्री...
काठमाडौं–एमएडब्लु बृद्धिले नेपाल ल्याउन लागेको इलेक्ट्रिक कार दिपल एस०५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...